arrow

नेता सिटौलाको प्रमुख आतिथ्यतामा सोमबार नाचघरमा कांग्रेसको विचार गोष्ठी

गगन थापा सहितका नेताले सम्बोधन गर्ने

logo
प्रकाशित २०७६ असार ८ आइतबार
sitaula-thapa.jpg

काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा सोमबार जिपी कोइराला अध्ययन केन्द्रले विचार गोष्ठी आयोजना गरेको छ।

सोमबार मध्याह्न १२ बजे नेता सिटौला सहितका नेताहरुको उपस्थितिमा देशको राजनीतिक परिस्थिति र नेपाली काँग्रेसको भूमिका विषयक विचार गोष्ठी आयोजना हुन लागेको केन्द्रले जनाएको छ । 

काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, गगन थापा, प्रदिप पौडेल र शिवप्रसाद हुमागाईं उपस्थित हुनेछन् ।

कार्यक्रममा देशको राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसले खेलेको भूमिका र आगामी दिनमा खेल्नुपर्ने भूमिकाको बारेमा छलफल हुने बताईएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ