arrow

पूर्व एमाले निकट मजदुर नेता जयबहादुरले वैठकमै खाए पूर्व माओवादी नेताबाट कुटाई

logo
प्रकाशित २०७६ असार ८ आइतबार
uml-maoist.png

काठमाडौ। नेकपा निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको बैठकमा पूर्व एमाले पक्षधर र पूर्व माओवादी पक्षधरबीच कुटाकुट भएको छ । असार ७ गते पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा दुई पक्षबीच कुटाकुट भएको हो ।

पूर्व एमाले समर्थित उपाध्यक्ष जयबहादुर कार्कीले तत्कालिन शसस्त्र द्वन्दमा आफ्नो परिवार गुमाएका सहिद तथा बेपत्ता परिवारका सदस्यमाथी अपमान हुनेगरी अभद्र व्यबहार गरि माओवादी जनयुद्धप्रती नै अपमान हुनेगरि प्रस्तुत भएपछि पूर्व माओवादी समर्थित एक पदाधिकारीले कार्कीलाई पानीको बोतल प्रहार गरेका हुन् । कार्कीलाई पेन्सन बुझिरहदा पनि संगठनको महत्त्वपूर्ण पदमा बसिरहेको आरोप पूर्व माओवादी निकट महासंघका नेताहरूले लगाउँदै आएका छन्।

पूर्व एमाले निकट मजदुर नेताहरूले संगठन भित्र पैसाको चलखेल व्यापक गरेर महासंघ कब्जा गर्न खोजेको पूर्व माओवादी मजदुर नेताहरूको आरोप छ। निर्णय प्रक्रियामा आर्थिक प्रलोभनमा परि खरिद बिक्री भएको र आगामी दिनहरूमा त्यसको पुष्टि हुँदै जाने उनिहरु बताउँछन्।

देशभरिका मजदुर नेता तथा कार्यकर्ताहरुमा निराशा र कुण्ठा वढ्दै जाँदा छिट्टै नै नयाँ ढंगबाट पूर्व माओवादीकै नेतृत्वमा अखिल नेपाल ट्रेड युनियन महासंघ पुनर्गठन हुने अथवा नयाँ अखिल नेपाल ट्रेड युनियन महासंघको जन्म हुने मजदुर नेताहरु बताउँछन्। विद्युत प्राधिकरणका पूर्व माओवादी निकट ट्रेड युनियनकर्मीहरु पनि नयाँ अभियानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ