arrow

दुई अध्यक्षको सहमतिको चिन्ता नगरौं – सुवास नेम्वाङ

दुवै अध्यक्षहरुसंग चौबीसै घण्टाजस्तो संगसंगै हुनुपर्ने अवस्था छ कुनै असहमति भएको मैले पाएको छैन

logo
प्रकाशित २०७६ असार ९ सोमबार
subash-chand-nembang.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिको विषयलाई लिएर चिन्ता नलिन आग्रह गरेका छन् ।  

उनले दुई अध्यक्षले पार्टी एकता गरौं भनेपछि भएको र अहिलेसम्म दुई अध्यक्षकै मोडलमा पार्टी अगाडि बढेकाले दुई अध्यक्षकै सहमतिमा पार्टी चल्ने बताउँदै त्यसबारे चिन्ता लिने आवश्यकता नभएको बताएका हुन् । 

उनले दुई अध्यक्षबीच बाहिर हल्ला भएजस्तो कुनै पनि असमझदारी अहिलेसम्म नभएको दावी समेत गरका छन् । 

बाहिरी हल्लाको पछि लाग्नुको कुनै तूक नभएको बताउँदै नेम्वाङले भने, ‘मेरो जिम्मेवारी नै त्यस्तै छ कि दुवै अध्यक्षहरुसंग चौबीसै घण्टाजस्तो संगसंगै हुनुपर्ने अवस्था छ कुनै असहमति भएको मैले पाएको छैन ।’

प्रचण्डले समय समयमा सहमति अनुसार पार्टी चल्नुपर्ने बताउँदै आएका छन् भने सहमति अनुसार नै सरकारको नेतृत्व पनि हुने बताउँदै आएका छन् । 

देशले गति लिन नसकेको र सरकारले काम गर्न नसकेको भन्ने बारेमा नेम्वाङले हरेक क्षेत्रमा भएको अस्तव्यस्ततालाई मिलाउन समय लाग्ने भएकाले अब मिल्दै जाने दावी गरे । 

उनले भने, ‘समय लाग्छ । छिमेकीसंग हामी राम्रो सम्बन्धमा छौं । अब विकासले गति लिन्छ ।’

सरकारले विधेयकका लागि संसदमा पेश गरेपछि जनप्रतिनिधिले आवश्यकता अनुसार कानुन बनाउने भन्दै नेम्वाङले यसमा अवरोध गर्नु उपयुक्त नहुने बताएका छन् । संविधान विपरीत कुनै पनि कानुनहरु नबन्ने दावी उनको छ । 

जनताको भावना र चाहना अनुसार विधेयक बनाइनु पर्नेमा पनि उनले जोड दिएका छन् । 

गुठी विधेयकको हकमा पनि त्यही नै भएको भन्दै उनले काठमाडौं बाहिरका गुठीलाई सम्वोधन गर्न ल्याइएको उनको दावी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ