arrow

'रेशम चौधरीलाई थारु भएकैले अस्पतालमा पनि नेल लगाइयो'

logo
प्रकाशित २०७६ असार ९ सोमबार
chaudari-biswakarma.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद मीनबहादुर विश्वकर्माले रेशम चौधरी थारु भएकैले अस्पतालमा पनि नेल लगाएर उपचार गरिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद  विश्वकर्माले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको घटनामा उनि थारु भएकैले अस्पतालमा पनि नेल लगाएर उपचार गरिएको सुनाए ।

सांसद एकवाल मियाँले जनयुद्धका आन्दोलनकारी संसद्मा बस्ने तर थरुहटका आन्दोलनकारी जेलमा राखिनु कतिसम्म न्यायसङ्गत छ भनी प्रश्न गरे ।

फोक्सो र ढाँडमा समस्या देखिएपछि चौधरीलाई बिहीबारदेखि वीर अस्पतालमा उपचार गरिदैछ । चौधरीलाई कम्तिमा डेढ हप्ता अस्पतालमै बस्न डाक्टरहरुको सुझाव छ । दैनिक थेरापी गर्न र बेड रेष्ट गर्न पनि उनलाई सुझाव दिइएको छ । अस्पतालमा भर्ना गरिए पनि उनको खुट्टामा मोटो नेल लगाइएको थियो ।

 पूर्वप्रधानम्त्री बाबुराम भट्टराई  चौधरीलाई भेट्न अस्पताल पुगेका थिए । उनले खुट्टामा मोटो नेल लगाइएको तस्बिरसहित ट्विट गरेपछि अहिले नेल हटाइएको छ । संसद चोधरी भन्छन् -हाम्रो राज्यको मानसिकता के हो ? सरकार र प्रशासनको अहं के हो भन्ने यसले स्पष्ट पारेको छ । यो विषयमा बोल्ने दायित्व मेरो मात्र होइन, मानवअधिकारको सम्मान गर्ने सबैको हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ