arrow

गुठीको बैज्ञानिक व्यवस्थापन आवश्यक छः मुख्यमन्त्री पोखरेल

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ असार ९ सोमबार
Guthi_news_pvoance_no_5_(1).jpg

बुटवल। भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा प्रादेशिक गुठी व्यवस्थापना सम्बन्धी गोष्ठी, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममाको उद्घाटन गर्दै मुख्य मन्त्री शंकर पोखरेलले गुठी सम्बन्धी व्यवस्थापनको जिम्मा संविधानतह प्रदेश सरकारको एकल सूचीमा रहेको भन्दै यसमा केन्द्र सरकारमा बहस हुन आवश्यक नभएको बताए ।

उनले गुठी स्म्बन्धी स्पष्ट रुपमा नै  संविधानले प्रादेशिक सरकारलाई अधिकार दिएको भन्दै यसमा सरकारले नै स्पष्ट रुपमा प्रदेश सरकारलाई व्यवस्थापनको लागि जिम्मा दिनुपर्ने धारणा राखे ।

मुख्य मन्त्री शंकर पोखरेलले गुठीको बैज्ञानिक बर्गिकरण आवश्यक रहेको भन्दै त्यसलाई आवश्यकता अनुसार बर्गीकरणतर्फ लाग्नु उपयुक्त भएको बताए ।

धार्मिक , सामािजक, सास्कृतीक गुठीको अन्तर सबैले बुझ्नु आवश्यक रहेको भन्दै मुख्य मन्त्री पोखरेलले गुठीको जमिन अतिक्रमण हुन बाट जोगाउनुसबैको दायित्व भएको  धारणा राखे ।

गुठीको जग्गा तथा सम्पत्ती धेरै तर आम्दानी थोरै रहने अवस्था नहन नहुने भन्दै मुख्य मन्त्री पोखरेलले यसको व्यवस्थापनमा पारदर्शीता र न्यायीकता आवश्यक रहेको बताए ।

गुठीहरु निर्वाध रुपमा सञ्चालन हुन पाउनुपर्ने भन्दै उनले न्यायसम्मत किसीले व्यवस्थापनको खाचो रहेको बताए ।

गठीको जगर्ने गर्ने दायित्व सबैको रहेको मन्दै मुख्य मन्त्री पोखरेलले गुठी संरक्षणको उदेश्यमा बाधापुग्ने गरी भन्दा पनि संरक्षणमा अनुकुलता हुने गरी व्यवस्थापन गरिने जानकारी दिए ।

कुनै धार्मिक स्थाल, मठ, मन्दिर तथा अन्य कुनै पनि गुठीबाट सञ्चालनमा रहेका निकायहरुको संरक्षण प्रर्वद्धन गर्ने दायित्व प्रदेश सरकारको रहेको भन्दै मुख्य मन्त्री पोखरेलले प्रदेश सरकारको मातहतमा संविधान तह राखिएको कुरामा अनावश्यक रुपमा बहस आवश्यक नभएको बताए ।

कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले  केन्द्र सरकारले गुठी व्यवस्थापन सम्बन्धी कानून निर्माण प्रक्रियामा रहेको भन्दै सोही अनुसार नै प्रदेश सरकारले  नीति तथा कार्यक्रम ल्याउने बताईन् ।

उनले प्रदेश सकरारले बनाउदै गरेको गुठी सम्बन्धीत ऐन निर्माण गर्दा प्रादेशिक छलफलबाट आएका सुझावहरुलाई समेटर मात्रै प्रदेश सरकारले कार्य गर्ने बताईन् ।  उनले भनिन्–‘हामी दस्तावेजको रुपमा प्रादेशिक गुठी ऐनमा  छलफलको विषय समेट्छौ ।’

कार्यक्रममा गुठी विज्ञ, गुठी संस्थान सञ्चालक समितिका पुर्व अध्यक्ष लक्ष्मण ज्ञवालीले ‘गुठीको संवैधानिक व्यवस्था र ससमाजिक टिपप्पी’ गरेका थिए ।

उनले  गुठीको परिचय, गुठी संस्थानको काम कर्तव्य, गुठीको बर्गीकरण, गुठी सञ्चालनका अभ्यास तथा अवधारणाको विषयमा मन्तव्य समेत राखेका थिए ।

यस्तै गुठी विज्ञ तथा पुर्व सह प्रशाशक, गुठी  संस्थानका हेमराज सुवेदीले‘गुठीको परिचय, महत्व, कानुनी प्रवधान’को विषयमा कार्यप्रत्र प्रस्तुत गरको थिए ।

यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव बैकुण्ठ अधिकारीले ‘गुठी संस्थानका गतिविधिहरु, गुठीयार र तीन तहको सकाररको  अन्तरसम्बन्ध’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उद्घाटन सत्र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको अध्यक्षता तथा प्राविधिक सत्र समाजिक विकास समितिका सभापती दृग नारायण चौधारी, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको सञ्चालन भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उप सचिव, बरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेको सञ्चालनमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ