arrow

देश पुरानै माओवादीको समयतिर जान लाग्यो – डा सुन्दरमणि दीक्षित 

logo
प्रकाशित २०७६ असार १० मंगलबार
sundar-mani-dikxit.jpg

काठमाडौं । नागरिक समाजका अभियन्ता डा सुन्दरमणि दीक्षितले देश पुरानै माओवादीको समयतिर जान लागेको देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

उनले देशका नेताहरु ज्यादै घमण्डी र विलासी देखिएको भन्दै कसैले कसैलाई मान्ने अवस्था नरहेकाले मुठभेडको अवस्थामा गएको बताएका हुन् । 

उनले देश कम्युनिष्ट मुलुकजस्तो बन्दै गएको भन्दै यसले आपसमा द्धन्द्ध झन् बढ्दै गएको बताएका छन् । प्रेसमाथिको अंकूश, मेयरले पत्रकारलाई ठेगान लगाउन सुपारी दिएको छु भन्नु, मानव अधिकारलाई ध्वस्त पार्नु, प्रजातन्त्रको कतै नामोनिशाना नदेखिनुले कम्युनिष्ट शासनको झल्को आएको उनले आरोप लगाए । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु आपसमा सुपेरियर हुँदै गएको भन्दै नागरिक समाजलाई समेत बिर्सदै गएको बताएका छन् । 

उनले पुराना कुरा सम्झदै भने, ‘६ महिनासम्म ओली–प्रचण्डबीच बोलचाल नहुँदा नागरिक समाजले सहजीकरण गरेको थियो । नागरिक समाजले बोलाइदिएको थियो । अहिले सबै भुलिसकेका छन् यिनीहरुले ।’

नागरिक अभियन्ता डा दीक्षितले सरकारले निरन्तर गल्ती गर्दै गइरहेको आरोप लगाएका छन् । उनले सरकारले न्यायालयलाई नियन्त्रण गरेको समेत बताएका छन् । 

केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनतामा विश्वास गुम्दै गएको आभाष आइसकेको भन्दै दीक्षितले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको समेत बताएका छन् । 

उनले सरकारको कदमप्रति आक्रोशित हुँदै भने, ‘माओवादी पनि पार्टी त थियो नि । अहिले त्यही अवस्थामा पुगेको छ । मानिसमा पहिले घमण्ड आउँछ अनि ऊ गिर्दै जान्छ । ओली त्यस्तै भएका छन् ।’
 
उनले नागरिक समाज पनि नामजस्तै नागरिक समाज हुन नसकेको स्वीकार गरेका छन् । उनले नागरिक समाजमा अनेक पार्टीका मानिस रहेको स्वीकार्दै अहिले नागरिक समाज नै छिन्नभिन्न भएको बताए । 

नागरिक समाज भनेको अब त गुठी विधेयकको विरोध गर्ने अभियन्ताहरु पो भएको भन्दै डा दीक्षितले ‘जो स्वतस्फूत आन्दोलनमा होमिएका छन् तिनीहरु पो नागरिक समाज’ भनेका छन् । नागरिक समाजमा कुनै दलको छायाँ हुन नहुने पनि उनको जोड छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ