arrow

विप्लव समूहको बन्दको डरैडर, ठाउँठाउँमा बम, शैक्षिक संस्था ठप्प 

logo
प्रकाशित २०७६ असार १० मंगलबार
pokhara-bomb.jpg

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबारलाई आब्हान गरेको नेपाल बन्दका कारण डरैडरमा बन्द भएको छ । विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । 

बन्दको असर सबैभन्दा बढी असर शैक्षिक संस्थामा परेको छ । बन्द आब्हानले सबैजसो विद्यालय तथा क्याम्पस बन्द भएका छन् ।

बन्दको असर काठमाडौं, ललितपुर, भक्तपुरलगायतका स्थानमा सवारी साधन चलाइको हिसाबले कम देखिए पनि उपत्यका बाहिर बढी देखिएको छ । 

बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका विप्लव नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल गत असार ५ गते प्रहरी कारबाहीमा मारिएपछि विप्लव समूहले बन्दको आब्हान हो ।

पौडेलको बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरी ‘इन्काउन्टर’मा मृत्यु भएको थियो । तर त्यो इन्काउन्टर नभएको भन्दै संसदीय राज्य समितिको बैठकमा सांसद र गृहमन्त्रीबीच चर्काचर्की भएको छ । 

प्रहरीले दिएको सूचनाले समेत त्यो इन्काउन्टर नभइ हत्या भएको समेत खुल्दै खुल्दै आएको हो । 

विभिन्न ठाउँमा बम र शंकास्पद बस्तु
विप्लव समूहको बन्द आब्हानले विभिन्न ठाउँमा बम र शंकास्पद बस्तु फेला परेको छ । ललितपुरको जवलाखेलस्थित प्रेरा कम्प्लेक्सको भुईँ तलामा रहेको आयुषा फाष्टफुड रेष्टुरेण्ट एण्ड बारको पेटीमा फेला परेको शंकास्पद झोलालाई डिस्पोज गर्दा झोलामा किताब र कापी भएको पाइएको छ । 

त्यस्तै कास्कीको पोखरास्थित चाउथेमा बम भेटिएको छ । चितवनको खैरैनी पर्सा बजारमा शंकास्पद वस्तु फेला परेको छ । बाग्लुङ नगरपालिका वडा नम्बर २ श्रीनगर टोलमा शंकास्पद वस्तु फेला परेको छ ।

शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बैतडीमा प्रेसरकुकर बम भेटिएको छ ।

विभिन्न स्थानमा भेटिएका बम र शंकास्पद बस्तुले भने जनजीवनमा त्रास छाएको छ । बन्दले कुनै असर नगरोस् भनी सुरक्षा टोली सोमबारदेखि नै सतर्क रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ