arrow

नेकपाभित्र केही असमझदारी बढेकै हो – देवेन्द्र पौडेल

logo
प्रकाशित २०७६ असार १० मंगलबार
devendra_paudel.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टीभित्र असमझदारी बढेको बताएका छन् । 

उनले पार्टीमा अलमल देखिएको स्वीकार्दै केही असझदारी भने बढेको बताएका हुन् । दुई अध्यक्षबीच भएको सहमतिको पालना हुने उनले विश्वास गरेका छन् । 

पार्टीको नेतृत्व, सरकारको नेतृत्व, राजनीतिक प्रतिवेदन, काम बाँडफाँड लगायतका विषयमा सहमतिबाटै अगाडि बढ्ने उनले दावी गरेका छन् । 

उनले अहिलेसम्म भइरहेका काम नै सहमतिबाट भएकाले कसैले दुई अध्यक्षबीच कुनै पनि सहमति नभई पार्टी एकता भएको भन्छ भने त्यो गलत भएको पनि नेता पौडेलले बताएका छन् । 

पाँच वर्षको सरकारलाई प्रभावकारी बनाउन जनताले कामको प्रत्याभूति हुने गरी अगाडि बढ्न आवश्यक भएको बारेमा पार्टीमा गम्भीर रुपले कुरा उठेको उनले बताएका छन् । 

सरकारको प्रभावकारिताका लागि मन्त्रिमण्डल हेरफेर गर्ने आवश्यकता देखिएको भन्दै जनताका सुझावलाई लिएर अगाडि बढ्न आवश्यक भइसकेको नेता पौडेलले बताएका छन् । 

जनताले आलोचना गरिरहेको अवस्थामा त्यसबारेमा पार्टी गम्भीर हुनुपर्नेमा उनको जोड छ । 

मिडिया विधेयक, मानवअधिकार विधेयक र गुठी विधेयकबारे विरोध आउँदा जनतामा छलफल गरेर मात्र ल्याइएको भए राम्रो हुने रहेछ भन्ने अनुभूति भएको उनले बताएका छन् । 

तर उनले यो विषयलाई विपक्षीहरुले बढी नै उचालेको आरोप लगाएका छन् । नेता पौडेलले विदेशी च्यानलहरुको क्लिन फिडको बखेडाले गर्दा आजको युगमा जनताको सूचनाको हकलाई छिन्न नहुने बताएका छन् । 

च्यानल प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन आउने विदेशी च्यानलहरु बन्द गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ