arrow

युवतीमाथि सिरिन्ज आक्रमण रोक्न माग

logo
प्रकाशित २०७६ असार १० मंगलबार
Syringe_Attack.jpg

 काठमाडौं ।  सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिन्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराएकी छन्  । प्रतिनिधिसभामा उनले भनिन् - दुई साताको अवधिमा राजधानीका युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्जले आक्रमण गरेका छन् यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकार के गर्दंछ ?

दुई साताको अवधिमा राजधानीका ४ जना युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्जले आक्रमण गरेर भागेका थिए ।  सिरिन्ज आक्रमणमा परेका केही  युवतीहरु  चिकित्सकको निगरानीमा घर ग फर्किउका छन‍् । आक्रमणमा परेका युवतीको उमेर २० देखि २५ बिचमा रहेको छ।

टेकु अस्पतालले आक्रमण भएको स्थानमा सिरिन्जको जस्तै प्वाल भेटिएको जनाएको छ । 'ठ्याक्कै सिरिन्ज हो/होइन भन्ने यकिन त छैन तर, सियोजस्तै तिखो वस्तुले आक्रमण भने गरेको बुझिन्छ।'

युवतीमाथि सिरिन्ज आक्रमणका विषयमा प्रहरीमा समेत उजुरी परेको छ। प्रहरीले पनि यो विषयमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ।  काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमेन्द्र बोगटीले घटनास्थलको सीसीटीभी फुटेज हेर्दा मोटरसाइकलमा आउने व्यक्तिले युवतीहरुमाथि आक्रमण गरेको देखिएको भन्दै ‘सिरिन्ज’ नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

राजधानीका पकानाजोल, स्वयम्भू र ढल्कोमा रातको समयमा मोटरसाइकलमा आएका व्यक्तिहरुले युवतीमाथि सिरिन्ज आक्रमण गरेर भाग्ने गरेको घटना सार्वजकि भएको थियो ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ