arrow

पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ ?

logo
प्रकाशित २०७६ असार १० मंगलबार
biplob.jpg

काठमाडौं । बिहिबार प्रहरीको गोली लागेर मृत्यु भएका  नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ ?  भनेर संसदहरुले प्रश्न उठाएका छन् ।

बागमती नगरपालिका २ धरहरा घर भएका पौडेल लालबन्दी नगरपालिका वडा नम्वर १ र १० को सीमामा पर्ने चन्द्रपुर जङ्गलमा प्रहरी कारवाहीमा मारिएका थिए ।

सांसद रामेश्वरराय यादव र रामबहादुर विष्टले सर्लाहीमा मारिएका विप्लवका कार्यकर्ता कुमार पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ हो भन्ने प्रश्न गर्दै यस विषयमा छानबिन गर्न माग गरेका छन् ।

प्रहरीले दोहोरो भीडन्तमा उनी मारिएको र अन्य केही कार्यकर्ता भाग्न सफल भएको दावी गर्दै आएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर चोकबाट झण्डै तीन किलोमिटर उत्तरमा पर्ने घटनास्थलमा दिनभर बन्दुक पड्किएको आवाज नसुनिएको स्थानीयवासीले  बताएका थिए ।

विप्लव समूहका नेताहरुले घटना सुनियोजित भएको बताउदै आएका छन् । पौडेललाई दोहोरो भीडन्तमा नभई नियन्त्रणमा लिएर मारिएको नेताहरुको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ