arrow

मोटरसाइकलमा लागुऔषध बोकी हिडेका तीन युवा नाकाबाट पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असार १० मंगलबार
pakrau.JPG

जनकपुरधाम । महोत्तरीको गौशाला नाकाबाट गए राती प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १४ का २१ वर्षीय रामभरोस महतो र २२ वर्षीय अजय कुमार बैठा, त्यस्तै गौशाला नगरपालिका वडा नम्बर ४ का ३६ वर्षीय राजाराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गए राति करीब १० बजेतिर भारत बिहारको सीतामढी जिल्लाको कन्हमा शहरबाट ज७प ७५६ र ज४प ६१०१ नम्बरका  दुई मोटरसाइकलमा लागुऔषध बोकी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर ४ स्थित सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनै जनालाई प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरू लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषध नाइटोभेट ट्याब्लेट ३० थान, एक्सपाम ट्याब्लेट ५२ थान र डाइजेपाम झोल १०० एमएलको २ बोतल बरामद गरेको छ ।

लागुऔषधसहित प्रक्राउ परेका तीन युवकलाई गए राति नै प्रहरीले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइसकेको प्रहरी स्रोतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ