arrow

कालो झण्डा देखाउने कार्यकर्तालाई कायरतापूर्ण आक्रमण गरिएकोमा कांग्रेसको बिरोध

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ असार १० मंगलबार
aakraman1.jpg

पुनर्वास । मन्त्री बिना मगरको जिल्ला आगमनमा कालो झण्डा देखाई बिरोध प्रदर्शन गर्दै गरेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कार्यकर्ता माथि सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण गरि कार्यकर्ता घाइते बनाएको प्रति नेपाली कांग्रेसले निन्दा गरेको छ ।

क्षेत्रमा भारतीय हस्तक्षेप हुँदा र हावाहुरी पिडीतलाई राहतको ब्यबस्था गर्न अनुदार रहेको भन्दै पुनर्वासको डोकेबजारमा मन्त्री मगरलाई कालो झण्डा देखाउने क्रममा झडप हुँदा कांग्रेसका ७ जना नेता कार्यकर्ता घाइते भएको नेपाली कांग्रेस कञ्चनपुरले जनाएको छ ।
 
शान्तिपुर्ण बिरोध प्रदर्शन गर्नु लोकतन्त्रको सुन्दर पक्ष हुँदाहुँदै बिरोध गर्नेहरुमाथि आक्रमण गर्न कार्यकर्ता परिचालन गर्नु नेकपाको  निरंकुश कदम भएको नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले बताए ।

सभापती बोहराले भने " शान्तिपुर्ण प्रदर्शनमा रहेका आफ्ना नेता कार्यकर्ता माथि कैलाली कञ्चनपुरबाट आएका नेकपाका कार्यकर्ताले आक्रमण गर्नु लोकतान्त्रिक चरित्र नभई बर्बरतापुर्ण दमन र अधिनायकवाद हो ।

मन्त्री मगर बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाको नगर अधिबेशनको उद्घाटन गर्न आउन थालेको खबर पाए पछि कांग्रेसका कार्यकर्ता बिरोध प्रदर्शन गर्न डोकेबजार पुगेका थिए । कांग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाए लगत्तै नेकपाका कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका थिए ।

उक्त  झडपमा परि नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय , नेका पुर्व क्षेत्रीय सभापति हरेन्द्रसिंह बिष्ट, बेलौरी नगर सचिब बिक्रम चन्द ,पुनर्वास नगरपालिका मेयर उम्मेदवार तोयप्रसाद शर्मा, कार्यकर्ता कृष्ण बहादुर चन्द ,पदम देउपा र चन्द्रमणी गैरे घाइते भएको पार्टी सभापति बोहराले बताए ।

नेपाली कांग्रेस कञ्चनपुरले  बिज्ञप्ती जारी गर्दै मन्त्री मगरको सुरक्षार्थ ३०० बढी सुरक्षाकर्मी तैनाथ हुँदाहुँदै नेकपाका कार्यकर्ताले प्रदर्शनकारी माथि आक्रमण गरिनु गैर लोकतान्त्रिक चरित्र भएको भन्दै घटनाको निन्दा गरेको छ ।

घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत नेपाली कांग्रेस कञ्चनपुर द्वारा जारी बिज्ञप्तिमा लेखिएको छ ।

 उता नेकपाका नेता दीपक तिम्लिसिनाले झडपमा परी नेकपाका कार्यकर्ता बल बहादुर तामाङ्ग, सुरेश अधिकारी र गुड्डु धामी घाइते भएको जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ