arrow

दोस्री छोरीमाथि पनि करणी गरेपछि तीर्थ जेलमा, यस्तो छ घटना

बाबुबाटै असुरक्षित छोरीहरु अब कहाँ हुन्छन् सुरक्षित ? 

logo
प्रकाशित २०७६ असार ११ बुधबार
Child-rape.jpg.jpeg

बारा । यौनपिपासू बाबुले कस्तो सजाय पाउनु पर्छ भन्ने बहस विश्वभर नै छ । जसले जन्माउँछ उसैबाट छोरीहरु असुरक्षित हुन्छन् भने कोबाट सुरक्षित हुन्छन् त ? भन्ने प्रश्न पनि चल्दै आएको छ । 

अहिले फेरि त्यस्तै घटना सार्वजनिक भएको छ बारामा । अन्दाजी ५० वर्षका तीर्थ विश्वकर्माले आफ्नै छोरीलाई बलात्कार गरेका छन् । 

२०६१ सालतिर पहिली श्रीमतीबाट जन्मेकी छोरीलाई बलात्कार गरेर ९ महिनाजति जेल बसेर छुटेका विश्वकर्माले अहिले दोस्री श्रीमतीबाट जन्मेकी माइली छोरीलाई बलात्कार गरेका हुन् । 

१५ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्न खोजे पनि विश्वकर्माले सकेका थिएनन् । तर गएको जेठ ७ गते उनले जवरजस्ती बलात्कार नै गरेपछि छोरीले ठूली आमाका छोरीहरुको सहायतामा प्रहरीमा उजुरी दिइन् । 

सबै छोरीहरुको साथ र सहयोगले उनले साहस जुटाएर दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । 

यही असार ८ गते आइतबार पक्राउ गरी विश्वकर्मालाई निजगढमा थुनेर राखिएको छ । निजगढ प्रहरीका अनुसार उनको मुद्धा चलेको छ । प्रहरीले म्याद समेत थप गरेको छ । 

छुटाउने प्रयास जारी 
यसअघि बलात्कार गर्दा पनि उनी जम्मा ९ महिना जेल परेका थिए । त्यतिबेला पनि छुटाइएको थियो । त्यसपछि पनि विश्वकर्माको अपराध रोकिएको थिएन । 

तर घर परिवारबाटै उनको अपराध लुकाउने प्रयास हुँदै आएको थियो । 

अहिले पनि राजनीतिक दलबाट छुटाउने प्रयास भइरहेको बुझिएको छ । प्रहरीले भने अब कसैको दवावमा अपराध गर्नेलाई नछाड्ने भन्दै अदालतले फैसला गर्ने बताएको छ । 

स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेताले विश्वकर्मालाई छुटाउने प्रयास गरिरहेका छन् । प्रहरीले म्याद नै थप भएर आएर अदालतमा मुद्धा दर्ता भएकाले अब नछुट्ने दावी गर्दै आएको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ