arrow

डोकेबजारमा शान्तिपूर्ण विरोधमा रहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै कांग्रेसद्धारा विरोध

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
congress-office.jpg.gif

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कञ्चनपुरको पुनर्वास नगरपालिका–१० डोकेबजारमा शान्तिपूर्णरुपमा विरोधमा रहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै विरोध जनाएको छ ।     
     
 काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले यही असार १० गते डोकेबजारमा काङ्ग्रेसका २० कार्यकर्तालाई घाइते बनाएको आरोप लगाएका छन् ।      
     
 घटनामा कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका–२ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्दलगायत कार्यकर्ता गम्भीर घाइते भएको काङ्ग्रेसले जनाएको छ ।     
     
 घाइतेमध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौँस्थित न्यूरो अस्पताल, बाँसबारीमा भर्ना गरिएको र बाँकीको कैलालीस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ । 

काङ्ग्रेसले घटनालाई गम्भीररुपमा लिइ घटनाका दोषीलाई कानूनी कारवाही गर्न र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ