arrow

देशका केही प्रमुख तथा मझौला नदीनालामा आकस्मिक बहाब बढ्ने 

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
raining.jpeg

काठमाडौं । बिहीबार देशका केही प्रमुख तथा मझौला नदीनालामा आकस्मिक बहाब बढ्ने भएको छ । बिशेषगरी प्रदेश १, प्रदेश २, प्रदेश ३ र गण्डकी प्रदेशको चुरे पहाडी क्षेत्रका ससाना खोलानालाहरुमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार रातिदेखि प्रदेश १, २, ३ र गण्डकी प्रदेशमा मध्यम खालको बर्षा भइरहेको जनाइएको छ । यसमध्ये पनि प्रदेश १ को ताप्लेजुंङ , पाचथर, तेह्थुम, इलाम, संखुवासभामा, प्रदेश २ को सप्तरी, बारा, पर्सा, प्रदेश ३ को काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, रसुवा, धादिङ, सिन्धुली काभ्रे, मकवानपुरमा ससाना नदीका बहाब बढ्ने पुर्वानुमान गरिएको छ । 

साथै गण्डकी प्रदेशको गोर्खा, लम्जुङ, तनहँु, कास्की जिल्लाहरुका ससाना खोला नालाहरुमा समेत तिब्र बहाब बढ्ने महाशाखाले जनाएको छ ।

देशभर मनसुन सक्रिय भएकाले बुधबार रातिदेखि अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि झरी परेको छ । 

बिहीबार राति पनि अधिकांश स्थानमा पार्नी पर्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ