arrow

करिश्मा र शान्ता दुवै पास

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
santa-karishma.jpg

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी एसइई परीक्षामा उत्तीर्ण भएका छन्।

मानन्धर  ३ जीपीए नम्बरसहित  बी प्लस ग्रेडमा उत्तीर्ण भएकी हुन् भने चौधरी ग्रेड ‘बी’ ल्याएर उत्तीर्ण भएकी हुन्।

करिश्माले त्रिवेणी पब्लिक बोर्डिङ स्कुलबाट एसईई दिइएकी हुन् ।  करिश्माले कक्षा ७ पढ्दापढ्दै पढाइ बीचैमा छोडेर सिने क्षेत्रमा लागेकी थिइन् । उनी चलचित्र क्षेत्रमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थालेपछि उनले पढाइ बिर्सिइन् र चलचित्र क्षेत्रमा नै रमाउन थालिन् ।

एसईईकै लागि उनले निकै मेहेनत गरेकी थिइन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी ३८ वर्षीया सांसद चौधरी २.६५ प्रतिशत अंक प्राप्त गरेर उत्तीर्ण भइन् । सानोमा अरूको घरमा कमलहरी बस्दा पढ्न पाइनन्। उनी झन्डै १८ वर्ष अरुको घरमा कमलहरी बसेकी थिइन्। शान्ताले गाउँकै मावि गोग्लीमा कक्षा ८ मा २ वर्ष अघि नाम लेखाएर अध्ययन थालेकी हुन्।

चौधरीले दाङको तुलसीपुर उपमहानगरपालिकाको महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १० मा भर्ना भएर खुलातर्फबाट एसइई परीक्षा दिएकी थिइन्।

गत वर्ष सांसद शान्ता र उनकी १७ वर्षीया छोरी विनु चौधरीले एकै साथ एसइई परिक्षा दिएका थिए । विनुले काठमाडौंको आरुवारीस्थित सृजना बाल बोर्डिङबाट परीक्षा दिएकी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ