arrow

मौसम बिग्रियो, पूर्वमा बढी खतरा 

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
weather.jpg

काठमाडौँ । देशभरको मौसम बिग्रिएको छ । देशभर मनसुन सक्रिय अवस्थामा रहेकाले मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार सामान्यदेखि आंशिक बदली हुने जनाएको छ ।  

काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि नै वर्षा भएको थियो । शुक्रबार बिहान पनि फाट्फुट वर्षा भएको छ । बादल खुल्ने सम्भावना कमै रहेको महाशाखाले जनाएको छ । 

पूर्व र मध्य क्षेत्रमा सामान्य तथा पश्चिममा आंशिकदेखि सामान्य बदली हुनेछ । पूर्वका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ । 

मध्य र पूर्वी भेगका केही स्थानहरुमा घना बादल देखिएको छ । सो प्रणाली क्रममा पूर्वतिर सर्ने क्रम देखिएको भन्दै महाशाखाले भारी वर्षाको सम्भावना बताएको हो । 

बिहान धादिङ्ग, चितवन, नवलपरासी, गोर्खा, तनहुँ र पर्सा आसपास भारी वर्षा भएको । विशेषत पर्सा आसपास ब्यापक मेघगर्जनसहित हावाहुरी र वर्षा भईरहेको तथा बारा रौतहटतिर सर्ने संभावना बढी रहेको छ । 

यो प्रणालीको असरले काठमाडौं, मकवानपुर र बारालगायत मध्य भूभागमा वर्षा हुने महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ