arrow

जेठी भएको थाहा पाएपछि घर फर्किइनन् जेनी, श्रीमानले हाने एसिड

मन्त्री थममाया थापाद्वारा स्वास्थ्य अवस्थाबारे जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७६ असार १३ शुक्रबार
acid-jeni-khadka.jpg

काठमाडौं ।  एसिड आक्रमणबाट प्रभावित जेनी खड्काको स्वास्थ्य अवस्थाबारे महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी लिएकी छन् ।  शुक्रबार काठमाडौँको कीर्तिपुर हस्पिटल पुगेर एसिड आक्रमणबाट प्रभावित खड्काको स्वास्थ्य अवस्थाबारे मन्त्री थापाले जानकारी लिएकी हुन् ।  एसिडबाट खड्काको अनुहारको एक भाग, हात, मुख, छाती जलेको छ ।

दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गरिन् । पाँच वर्ष अघि बिहे गर्दा उनलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन । पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उनि श्रीमान् छाडेर माइतीसँग बस्दै आएकी थिइन्  बेला बेलामा घर जान दबाब दिँदै श्रीमान्ले धम्की दिने गरेका थिए । तर पनि उनले सुख पाइनन् ।

जेष्ठ १ गते बुधबार भने गम्भीर परिणाम भोग्नु पर्‍यो । साँझ अन्दाजी ७:३० बजे आफ्नै श्रीमान् काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ फूलबारी बस्ने ३६ वर्षीय विष्णु भुजेलको एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन‍् । उनको ओम अस्पतालमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

 एसिडले उनको अनुहारको एक भाग, हात, मुख, छाती जलेको र बोल्नसक्ने अवस्था नरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीको भनाइ छ । भुजेलले जेनीलाई हाल्नकै लागि नियतबस नै काभ्रेबाट एसिड ल्याएको खुलेको छ ।

एसिड प्रहार गरी सख्त घाइते बनाएर भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा दुई घण्टामै भुजेललाई प्रहरीले काठमाडौँको काँडाघारीबाट पक्राउ गर्‍यो । महानगरीय प्रहरी वृत्त कमलपोखरी राखिएका भुजेलले आफ्नो अपराध स्वीकारका छन । पक्राउ परेपछि महानगरीय प्रहरी परिसरमा राखिएको भुजेलले पारिवारिक झगडामा एसिड प्रहार गरेको बयान दिएका छन् ।

पटक पटक घर आउन आग्रह गर्दा पनि नमानेपछि रिसको झोकमा प्रहार गरेको भन्दै भुजेलले बयान दिएको छन । प्रहरी अनुसार कालोपुल आएर कोठा बाहिर बोलाई भुजेलले जेनी माथि एसिड प्रहार गरेका थिए ।

आफू कान्छी श्रीमती भएको थाहा पाएपछि उनीहरुबीच विवाद शुरु भएको थियो । तीन वर्षअघि छोरा जन्माएकी जेनी त्यसपछि अलग्गै बस्न थालेकी थिइन् । बुधबार भने भुजेलले रिसको झोकमा कोठा बाहिर बोलाएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहितामा तेजाब आक्रमणका घटनामा आठ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ