arrow

राष्ट्रव्यापी बिरुवा रोप्ने अभियानमा तीन करोड बिरुवा रोपिदै

चक्रपथमा मात्रै तीन हजार बिरुवा रोप्न १० हजार परिचालन

logo
प्रकाशित २०७६ असार १४ शनिबार
tree-planting.jpg

काठमाडौं। वृक्षारोपण दिवसको अवसरमा राष्ट्रव्यापी बिरुवा रोप्ने अभियान प्रधानमन्त्रीबाट सुभारम्भ गरिएको छ। आज कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ वृक्षरोपणको शुभारम्भ गरीएको छ। आर्थिक वर्ष २०७६,७७ लाई वृक्षारोपण वर्ष बनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षरोपण गरीएको हो। नेपालमा पहिलोपटक यो दिवस मनाइएको हो।

चक्रपथमा मात्रै तीन हजार बिरुवा रोप्न १० हजार परिचालन 
कोटेश्वर चोकमा नासपतीको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ प्रधानमन्त्री केपी ओलीले गरे। वन तथा वातावरण मन्त्रालयले प्रधानमन्त्री ओली, वनमन्त्री शक्ति बहादुर बस्नेत,भुमी मन्त्री पद्मा अर्याल,खानेपानी मन्त्री बिना मगर, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित,संस्कृतिबिद सत्यमोहन जोशी सहितको उपस्थितिमा चक्रपथको कोटेश्वरदेखि कलंकी सडकखण्डमा तीन हजार भन्दा बढी बोटबिरुवा रोपेका छन।

चक्रपथक्षेत्रमा बिहान ८ बजे कोटेश्वरबाट सुरु गरिएको अभियान कलंकीमा पुगेर टुंगिएको थियो। चक्रपथ क्षेत्रका लागि मात्रै बिरुवा रोप्नका लागि १० हजार परिचालन गरिएको छ। यसक्रममा सभामुख कृष्णबादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु लगायत उपस्थित रहेको  वन मन्त्रालयका प्रबक्ता सिन्धु ढुंगानाले बताए। 

असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा पाँच फिट अग्ला  बिरुवा पाच मिटरको फरकमा रोपिएको विभागका उप–महानिर्देशक राजेन्द्र केसीले जानकारी दिए। कोटेश्वरदेखि बालकुमारीसम्म, बालकुमारीदेखि ग्वार्कोसम्म, ग्वार्कोदेखि बी एण्ड बी अस्पताल अगाडिसम्म, बी एण्ड बी अस्पतालदेखि सातदोबाटोसम्म, सात दोबाटोदेखि महालक्ष्मी स्थानसम्म,महालक्ष्मीस्थानदेखि एकान्तकुनासम्म, एकान्त कुनादेखि बागडोलसम्म, बागडोलदेखि बल्खुसम्म र बल्खुदेखि कलंकीसम्म नौवटा क्लस्टर तोकिएका छन्। वृक्षारोपणका अवसरमा चक्रपथको कोटेश्वरदेखि कलंकीसम्म ३ हजार बढी बिरुवा रोपिनेछन्।

राष्ट्रव्यापी बिरुवा रोप्ने अभियानमा तीन करोड बिरुवा रोपिदै
यो राष्ट्रव्यापी अभियान आजबाट एक बर्षसम्म जारी रहनेछ। एक बर्षसम्म वृक्षारोपण उत्सवका रुपमा मनाइने छ। एक बर्षमा करीब ३ करोड बिरुवा रोप्ने मन्त्रालयको योजना  छ। पछिल्लो समय सहरी क्षेत्र उजाड बन्दै गएका बेला वन तथा वातावरण मन्त्रालयले तीन देखि पाँच करोड बिरुवा रोप्ने योजना बनाएको हो।

असारे फूल, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, पावलेजस्ता बिरुवाका साथै एभोकार्डो , नासपाति र हलुवाबेड फलफुलका बिरुवा गरी हालसम्म पत्ता लागेकोमध्ये संसारकै सबैभन्दा पूरानो प्रजाति मानिएको चिनियाँ संस्कृति बोकेको एक प्रकारको फूल जिन्को वाइलोवा पनि रोपिनेछ।

देशभरका सरकारी नर्सरीहरुमा  करिब पाँच करोडभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रहेका छन। सरकारले एक वर्ष्भित्र रोपिएका सबै बिरुवाको अखिभेलसमेत राखिने भएका छन। नेपालमा करीब ४५ प्रतिशतको हाराहारीमा वन क्षेत्र छन। ७७ वटै जिल्लामा विभिन्न ठाउँका खाली चौर, पर्ती जग्गा, नदी खोला किनार र जंगल क्षेत्रमा वृक्षरोपण गर्ने योजना बनाएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशका ७७ जिल्लामा सञ्चालन हुने अभियानका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको वार्षिक विकास कार्यक्रममा उल्लेख छ। सरकारले गएको  वर्ष ‘एक नेपाली एक फलफूल’ अभियान चलाएको थियो। अभियान अन्तर्गत २९ लाख बिरुवा रोपिएको थियो। 

सरकारले अगाडि सारेको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण’ अभियानलाई सफल बनाउन नेपाली सेनाले ‘एक जवान एक विरुवा रोपण’ अभियान शुरु गरेको छ। सरकारले सुरु गरेको आजको बृक्षारोपण अभियानका लागि ठाउठाउमा बिरुवा अभाव भएको थियो। ३ हजार भन्दा बढी बिरुवा रोप्ने भनेपनि २७ सय मात्र बिरुवा रोपिएको केशीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ