arrow

ओखलढुंगामा विपी स्मृति भवन निर्माण सुरु, निर्माणका लागि धमाधम सहयोग जुट्दै

logo
जीवन शर्मा,
प्रकाशित २०७६ असार १४ शनिबार
bp-bhawan-nc.jpg

ओखलढुंगा। नेपाली कांग्रेस ओखलढुंगाले पार्टी कार्यालय सञ्चालनका लागि विपी स्मृति भवन निर्माण सुरु गरेको छ। जिल्ला सदरमुकामस्थित आफ्नो नाममा रहेको ६ आना जग्गामा भवन निर्माण सुरु गरेको हो।हाल सम्म भाडामा कार्यालय सञ्चालन गर्दै आएको कांग्रेसले कार्यलय व्यवस्थापन राम्रोसंग गर्न नसक्दा विभिन्न समस्या भोग्दै आएको छ। पार्टीको आफ्नै भवन अभावमा कार्यालय व्यवस्थित हुन सकेको छैन भने भातृ संगठनहरुले समेत कार्यालयहरु खोलेर बस्न सकेका छैनन्।

एउटा जिवीत पार्टी संगठनलाई शशक्त बनाउन आफ्नै कार्यालय अपरिहार्य हुन्छ। लामो समयसम्म आफ्नो जग्गा भएरपनि पार्टी कार्यालय बनाउन नसकेको ओखलढुंगा कांग्रेसले यस बर्ष भने कार्यालय भवन निर्माणको काम सुरु गरेको  भवन निर्माण समितिका सदस्य एवं जिल्ला कार्यसमिति सदस्य सर्वधन तामाङले बताए।

पार्टीको तेह्रौ महाधिवेशन पश्चात भवन निर्माणका लागि तत्कालिन भौतिक पूर्वाधार योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिबाट शिल्यान्यास गरी नक्सा समेत तयार गरेर राखेको थियो। पार्टीको आन्तरिक व्यवस्थापनमा देखिएको समस्या, स्थानीय तथा सङ्घीय निर्वाचको तयारी र आवश्यक रकमको अभावका कारण भवन निर्माण गर्न नसकिएको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ।

एक करोड ७ लाखको लागत स्टिमेट गरिएको साढे ३ ढलानको भवन निर्माणका लागि पार्टीका नेता देखि सबै तहका कार्याकर्ताको सहभागिता कुनै न कुनै हिसाव बाट गराउने निर्णय गरिएको जिल्ला उपसभापति तेजेन्द्र खनालले बताए।

पार्टीको राष्ट्रिय जागरण अभियानमा विपी स्मृति भवन निर्माण अभियानलाई समेत जोडेर निर्णय गरिएको र केही स्थानीय तह तथा पार्टी वडा समितिहरुले भवन निर्माणका लागि चन्दा संकलन गरिरहेको कांग्रेसले जनाएको छ। भवन निर्माणका लागि घडेरी सम्याउने काम भैरहेको र निर्माण अभियानलाई पुरा गर्नका लागि जिल्लाका केही नेताहरुले घोषण गरेको रकम समेत उपलब्ध गराउने क्रम जारी रहेको निर्माण समिति सदस्य सर्वधन तामाङले जानकारी दिए। 

भवन निर्माणका लागि विभिन्न दाताहरु बाट सहयोग जुटीरहेको छ। हाल सम्म महासमिति सदस्य मित्रेन दाहाल बाट १ लाख ५ हजार ५ सय ५५, महासमिति सदस्य डिल्लीराम खनाल बाट १ लाख १ सय ५१,नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल बाट १ लाख ५ सय ५१, जिल्ला उपसभापति तेजेन्द्र खनाल बाट १ खाल पाँच रुपौंया, जिल्ला सदस्यहरु भोजकुमार श्रेष्ठ बाट १ लाख १ हजार १ सय ५५, कुमार श्रेष्ठ १ लाख १ हजार १ सय ५५, बलराम कट्वाल बाट २५ हजार ५ सय ५५ र प्रदिप कुमार बाँनीया बाट १० हजार १ सय गरी ६ लाख ४४हजार २सय २७ रुपौंया चन्दा संकलन भैसकेको तामाङले बताए। पार्टीको पुरानो जग्गाको मुआब्जाबाट आएको रकमले किनेको पुरानो घर बेचेर पार्टीको खातामा १३ लाख रकम राखिएको बताइएको छ।

त्यस्तै भवन निर्माण सहयोगका लागि पार्टीका विभिन्न तहका नेता कार्याकर्ताबाट स्वइच्छिक चन्दा संकलन गर्ने कार्यसमेत निरन्तर रहीरहेको हुँदा सबैलाई सहयोग गर्न अपिल गरिएको निर्माण समितिका संयोजक कुमार श्रेष्ठले बताए। पार्टी कार्यालय कांग्रेसका सबै नेता कार्यकर्ताको सम्पत्ति भएकाले सक्दो सहयोग गरी भवन निर्माण कार्य सम्पन्न गर्न श्रेष्ठले सबैमा अनुरोध गरेका छन्।

सहयोग गर्न इच्छुक दाताहरुले राष्ट्रिय बार्णिज्य बैंक शाखा ओखलढुंगामा रहेको विपी स्मृति भवन निर्माण योजनाको खाता नम्बर २०७०००९८७७०१मा रकम जम्मा गर्न सकिने छ। हाल भवन निर्माण स्थालमा चन्दा दाताको रकम समेतको नामावली राखिने र भवन सम्पन्न भैसकेपश्चात सो नामावली ताम्रा पत्रमा लेखेर राखिले नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ