arrow

नेकपा भित्रकै खैलाबैलाले सरकारलाई असर: सिटौला

logo
प्रकाशित २०७६ असार १४ शनिबार
Kp-oli-Krishna-Sitaula-650x406.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा भित्र हुने खैलाबैलाले नै सरकारलाई असर गर्ने बताएका छन । 

स्वर्गीय मदन भण्डारीको ६७औं जन्मजयन्तिका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस नेता सिटौलाले नेकपा भित्र हुने खैलाबैलाले नै सरकारलाई असर गर्ने बताएका हुन । 

‘नेकपा भित्र हुने खैलाबैलाले नै सरकार अघि जान सक्छ वा सक्दैन भन्ने निर्धारण गर्छ, कांग्रेस स्थिरताको पक्षमा छ,’ सिटौलाले भने । उनले वर्तमान सरकारले जनताका अपेक्षा अनुसार काम गर्न नसकेको बताए । 

‘जनताले दुई तिहाइ मत दिएको वर्तमान सरकारसँग जनताको जुन अपेक्षा थियो, त्यो पूरा हुन सकेको छैन, सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सकेन,’ सिटौलाले भने । उनले वर्तमान संविधानबाट सरकारले धेरै काम गर्न सक्ने तर त्यो बाटोलाई बिर्सिएको बताए ।

सरकारले संविधान विपरितका काम गर्न खोजेर बारम्बार विवाद भने निम्त्याइ रहेको जनाए । द्वन्दपीडितले न्याय नपाएको भन्दै नेता सिटौलाले असन्तुष्टि समेत व्यक्त गरे । द्वन्द्वपीडितले अझैसम्म पनि न्याय पाउन नसक्नु दुःखद् भएको भन्दै उनले त्यसतर्फ सोच्नु पर्ने बेला भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ