arrow

असार १५ः मुठी खाएर मुरी उब्जाउने धान दिवस, धान घट्ने

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’

logo
प्रकाशित २०७६ असार १५ आइतबार
dhan-diwas.jpg

काठमाडौं । मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । 

देशभर धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ १६ औं धान दिवस मनाउन लागिएको हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।     
     
 मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । 

यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् ।     

यसपटक धान घट्ने सम्भावना छ । वर्षा कम भएकाले कतिपय स्थानमा रोपाई नै हुन सकेको छैन । मनसुन समयमा नभएकाले वर्षा हुन नसकेको हो । जसले गर्दा धान उत्पादन घट्ने देखिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ