arrow

ओली सरकारको दम्भ र अहंकारले जनता निराश — कांग्रेस महामन्त्री खड्का

logo
प्रकाशित २०७६ असार १५ आइतबार
purna-bahadur-khadka1.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको डेढ बर्षमा पनि जनतामा विकास र व्यवस्थापनको आशा नआउनुमा सरकार दोषी भएको बताएका छन् । 

उनले सरकारलाई दम्भ त्याग गर्न आग्रहसमेत गरेका छन् । स्थानीय तह कर्मचारी युनियन नेपालले आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशालाको समापन अवसरमा बोल्दै महामन्त्री खड्काले यो अवस्था आइपुग्नुमा सरकारसम्बद्ध दलको एकतन्त्रीय सोच नै प्रमुख कारण भएको बताए । 

‘जनतामा आशा छैन । कर्मचारीतन्त्रमा उत्साह छैन । जनजीविकामा परिवर्तन छैन । महंगी घटेन । खै के भयो त ?’, उनले वर्तमान अवस्थालाई बिश्लेषण गर्दै भने, ‘सरकारलाई काम गर्ने वातावरण बनोस् भनेर प्रतिपक्षको ठाउँमा बसेर कांग्रेस कहिल्यै अवरोध गरेन । नसक्ने भएर होइन, शान्ति र स्थिरताका लागि सृजनात्मक सहयोग गर्ने भनेर बिरोध गरेन ।’

नेता खड्काले अगाडि थपे, ‘अब कांग्रेसले बोलेन भने जनताप्रति अन्याय थपिँदै जान्छ । त्यसैले राजनीतिक स्थिरतालाई संस्थागत गर्दै, प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले आफ्ना काम कारवाही अगाडि बढाउँछ ।’ 

सरकारका आत्मीय सहयोगी कर्मचारीमाथि भएको बिभेदकारी नीतिलाई कांग्रेसले कडा प्रतिवाद गर्ने भन्दै उनले भने, ‘अब ढुक्क हुनोस्, कांग्रेस आवाजबिहिनको आवाज बन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ