arrow

दलितले नै खादैनन् दलितको हातको पानी

दलित–दलित बीचको विभेद कायमै

logo
कल्सरी सुनार,
प्रकाशित २०७६ असार १५ आइतबार

बाजुरा । जिल्लामा दलितलाई गैर दलित उत्पिडन, विभेद र खानेपानीका धारा समेत छुईछिटो हाल्ने प्रति विरोध जनाउदै आएका छन् । तर गैर दलित भन्दा पनि दलित दलित बीचको ठुलो विभेदको रहस्य बाहिर नआउदा खासै चर्चा पाएको छैन् ।

लोकतान्त्रिक गणतन्त्रमा गैर दलितले दलितको हातको पानी समेत खाने भएपनि एक दलितले फरक थरको दलितको हातको पानी समेत खाने गरेका छैनन् ।  जिल्लाका पुस्तौ देखि मान्दै आएका रितिरिवाज संस्कृति र छुवाछुत,चालन चलनलाई अन्त्य गर्न नसक्दै दलित दलित बीचको विभेद कायमै रहेको दलित अगुवाहरुले बताउने गरेका छन् ।

जिल्लामा बस्दै आएका विभिन्न थरमा दलितहरु बीचको समन्वय भएपनि उनीहरुले एक अर्काको हातको पानी समेत चल्दैन । ल्वारले नेपाली,सेरालाले कामी,गन्र्धवले कडारा लगायतका थर भएका दलितहरुले छोएको पानी र पकाएको खाना मात्र नभई घरभित्र जान नदिने प्रचलनको अन्त्य हुनुपर्ने बुढीगंगा नगरपालिका–३ का नर बहादुर सेरालाले बताएका छन् ।

जिल्लामा ल्वार,नेपाली,गन्धर्व,कामी,कडारा,चदारा,उखेडा,लगायतका थर भएका दलितहरु बसोबास गर्दै आईरहेका छन् । उनीहरु एक अर्काले ल्याएको खानेकुरा खाने गरेका छैनन् ।

सेरालाले भने–‘गैर दलित भन्दा दलित दलित बीचको छुवाछुत तथा अन्तरजातीय विभेदको अन्त्य गर्नुपर्छ ।’
यस्तै गैरदलितले गर्ने व्यवहार र विभेद भन्दा पनि दलित–दलित बीचको विभेद अन्त्य गर्नुपर्ने बुढीगंगा नगरपालिकाका दलित वर्गहरुले जोड दिएका छन् ।

 उनीहरुले गैर दलितले आफुहरुलाई अपहेलना गरेको पानी छुन समेत दिएन भन्नुभन्दा पनि दलित–दलित बीचको विभेद अन्त्य गर्न आवश्यक रहेको अन्तर दलित छुवाछुत अन्तरक्रिया कार्यक्रममा सहभागी बुढीगंगा नगरपालिका–२ बजेडीकी ललिता ल्वारले बताएकी छन् ।

उनले भने–‘दलितले एकै भान्सामा पकाएको खाना, एकै गाग्रीमा ल्याएको पानी खान नसक्ने हामी दलित वर्गका मान्छेले गैर दलितले छुवाछुत गर्यो भन्नु गलत सोचई हो ।’

ल्वारले खाना पानी र एक आपसमा विभेद तथा अन्तर दलितको थरको छुवाछुतको अन्त्य गर्नुपर्ने जोड दिएकी छन् ।
अन्तर दलित बीचको छुवाछुत र विभेद अन्त्य गर्न सके गैर दलितसंग जातिय विभेदका विरुद्ध लड्न सहज हुने बुढीगंगा नगरस्तरिय दलित नेटवर्कका अध्यक्ष सचेन्द्र नेपालीले बताए ।

उनले गैर दलित भन्दा पनि दलित दलित बीचको एकता , छुवाछुत तथा विभेदलाई अन्त्य गर्न दलितका नेतृत्व वर्गले अग्रसर हुनुपर्ने अध्यक्ष नेपालीको भनाइ रहेको छ ।

अध्यक्ष नेपालीले गैर दलितले गरेको अन्याय र छुवाछुतका अन्तर दलित छुवाछुतलाई न्युनिकरण गर्न नगरपालिकाले सचेता कार्यक्रम गर्दै लैजाने पर्ने बताएका छन् ।

बुढीगंगा नगरपालिकाका उप–प्रमुख तारा खातीले दलित–दलित अर्थात अन्तर दलित बीचको छुवाछुत अन्त्य गर्नका लागि नगरपालिकाले निती तथा कार्यक्रम ल्याउने बताइन् । उनले नगरपालिकालाई जातिय छुवाछुत मुक्त नगर बनाउन नगरपालिकाले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएकी छन् ।

बुढीगंगा नगरपालिकाको आर्थिक सहयोग तथा बुढीगंगा नगरस्तरिय दलित नेटवर्कले आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम शनिबार सोही नगरपालिका १,२ र ३ वडाका ५५ जना दलितहरुको सहभागिता रह्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ