arrow

ज्वाइँको घरमा बस्दै आएकी सावित्रीको घाँटी रेटेर हत्या

logo
प्रकाशित २०७६ असार १५ आइतबार
dead-body-parashi.jpg

भक्तपुर । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आइतबार दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ ।

ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिए ।

ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको ढेड तले घरमा बस्दै आएकी भट्टराईको हत्या भएको हो । प्रहरी उपरीक्षक प्रधानले  प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करीब १०:३० बजेपछि मोटरसाइकलमा आएका तीन युवा घरभित्र पसेर हत्या गरेको देखिन्छ भने ।

प्रहरीले घटनाको दिउँसो १ बजे मात्रै जानकारी पाएपछि प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलको अनुसन्धान गर्दै मुचुल्का उठाउने काम गरेको उहाँले जानकारी दिए ।

कोठाभित्रै गएर हत्या भएको जानकारी दिँदै उनले हत्यामा संलग्नको खोजी भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ