arrow

नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउन डोजरसहित प्रहरी परिचालन

logo
प्रकाशित २०७६ असार १५ आइतबार
mugling-narayangadh.jpg

चीतवन ।  वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम शुरु भएपछि पन्छाउनका लागि प्रहरी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरीचौकी जुगेडीमार्फत प्रहरीको टोली खटाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार दुई कार्यालयबाट पाँच-पाँचजना प्रहरीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ । प्रहरी नायब निरीक्षकको नेतृत्वमा २४ सैं घण्टा तयारी अवस्थामा राखिने उनले जानकारी दिए ।

सडकमा पहिरो खसेको र दुर्घटना भएको जानकारी पाउनासाथ टोली परिचालन गरिने छ । पहिरोका कारण यात्रुले लामो समय सडकमा बस्न नपरोस् भन्ने उद्देश्यले प्रहरी परिचालन गरिएको कोइरालाले जानकारी दिए । सडक विस्तारका क्रममा ठाउँ÷ठाउँमा भित्ता काटिएकाले वर्षात हुनासाथ ठूला साना पहिरो खस्ने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ