arrow

१२ इन्जिनियरसहित पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

logo
प्रकाशित २०७६ असार १५ आइतबार
punanirman.jpg.jpeg

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १२ इन्जिनियरसहित १९ जना प्राविधिकलाई कारबाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरु विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणले कारबाही गरेको हो ।

भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरु पालना नगरेका कारण उनीहरुलाई कारबाही गरिएको हो ।

ती प्राविधिकहरुको करार संझौता भंग गरी नियमानुसार कार्वाही गरिएको छ । कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट सब–इन्जिनियर छन्

। तीमध्ये नुवाकोटमा कार्यरत ८ जना प्राविधिक छन् भने काभ्रेपलाञ्चोकमा कार्यरत ३ जना, सिन्धुपाल्चोकमा कार्यरत २ जना, दोलखामा कार्यरत २ जना, धादिगंमा कार्यरत २ जना छन् । त्यस्तै, भोजपुर र सोलुखुम्बुमा कार्यरत १–१ जना छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ