arrow

टिपरको ठक्करबाट फ्रेमबहादुरको मृत्यु, चालक फरार

logo
प्रकाशित २०७६ असार १६ सोमबार
tipper-accident.jpg

भक्तपुर ।  मध्यपुर थिमि नगरपालिका– ४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन– ९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलले जानकारी दिएका छन् ।

काठमाडौँबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ५३४३ नं मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प ४९९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते चालक राईको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

दुबै सवारी साधन महानगरीय प्रहरी वृत्तथिमिको नियन्त्रणमा राखेको र फरार टिपर चालकको खोजी भइरहेको उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ