arrow

बुहारीद्वारा ८२ वर्षीय बलबहादुरको खुर्पाले हानेर हत्या

logo
प्रकाशित २०७६ असार १६ सोमबार
khurpa.jpeg

गोरखा । शहीदलखन गाउँपालिका–७ बुङकोटमा बुहारीले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छिन् ।

 बुङकोटस्थित चारघरेमा सोमबार दिउँसो ८२ वर्षीय बलबहादुर रानालाई आफ्नै बुहारीले खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
हत्याको आरोपमा प्रहरीले ५२ वर्षीया गोरीमाया रानालाई प्रहरीले पक्राउ गरेको छ । खुर्पा प्रहारपछि गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ ।  

जेठाजुमाथि खुप्रा प्रहार गर्नुको कारणबारे भने केही खुल्न नसकेको प्रहरी नायब निरीक्षक रोशन श्रेष्ठले जानकारी दिए ।

 हत्याका आरोपित गोरिमायालाई हत्यामा प्रयोग गरेको भनिएको खुर्पासहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ