arrow

हातपात गर्ने भन्दै लावतीलाई निर्घात कुटे ८ प्रहरीले

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असार १७ मंगलबार
lawati.JPG

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नम्बर ४ मा प्रहरीले स्थानीय एक युवालाई निर्घात कुटेको गरेको छ ।

गाउँपालिकाको केन्द्रमा आयोजना भएको फुटवल प्रतियोगिताको सुरक्षाका लागि आएका प्रहरीले स्थानीय रबिन लावतीलाई निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् । गम्भिर घाईते लावतीको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

गाउँपालिकाको केन्द्र भन्दा केही नजिक १० मिनेट जती ती युवालाई ७, ८ जनाको प्रहरी टोलीले कुटीरहेको आफुले देखेको वडा नम्बर ४ का अध्यक्ष श्रीप्रसाद सिगुले बताए । यस ठाउँमा दादा गुण्डा होइनस प्रहरीलाई हातपात गर्ने भन्दै इलाका प्रहरी कार्यालय भालुचौकका प्रमुख भिम थेवे लगायत ७-९ जना प्रहरीले कुटपिट गरेको उनले बताए  ।

यता थवेले भने प्रहरीले आफूलाई हात लगाएको हुँदा आफूले कुटपिट गरेको बताएका छन् । यता पिडित लावतीका आफन्तले भने प्रहरीले हतकडी लगाएर मरणासन्न हुने गरी कुटपिट गरेको बताएका छन् ।

यसैविच जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले लावतीको मेडिकल रिपोट आएपछि मात्रै सवै विषय थाहा हुने प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ