arrow

मिडिया काउन्सिल बिधेयक बिरुद्ध समाजको ज्ञापनपत्र

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ असार १७ मंगलबार
patra.jpg

स्याङ्जा । मिडिया काउन्सिल सम्बन्धी बिधेयक बिरुद्ध प्रजातान्त्रिक बिचार समाज स्याङ्जाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै मंगलबार ज्ञापनपत्र पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाजका पदाधिकारी सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । निरन्तर ६५ बर्षको संघर्षवाट उपलब्धीलाई जोगाउदै संस्थागत अभ्यासले परिस्कृत र परिमार्जित गर्नु पर्ने दायित्व अझै जीवन्त रहेको अवस्थामा स्वतन्त्र प्रेस तथा अभिब्यक्तिमाथिको प्रहारले सत्य तथ्य रोक्ने प्रयास गरेको उल्लेख गरिएको छ ।

समाजका अध्यक्ष मुक्तिप्रसाद सुवेदीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा संबिधानको मर्म विपरित आफनै हस्ताक्षर बिरुद्ध स्वतन्त्रताको नैसर्गिक अधिकारको बिरुद्धमा हालै मिडिया काउन्सिल सम्बन्धी बिधेयक संसदमा दर्ता भएको उल्लेख छ । दुई तिहाई सत्ताको उम्मादमा बर्तमान सरकारले निरंकुश र अधिनायकवादको पृष्ठपोषण गर्ने उदेश्यले ल्याएको बिधेयकमा नागरिकका आवाज बन्द गर्ने, सत्यको घाँटी रेट्ने र सत्य तथ्य रोक्ने प्रयास गरेको जनाइएको छ ।

संबिधानसभा मार्फत निर्मित नेपालको संबिधान २०७२ को मौलिक हक अन्र्तगत स्वतन्त्र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई दलिय सहमतिमै प्रस्तावनामा राखेर पनि लोकतन्त्रमा राज्यको चौथो अंगमाथिको प्रहार कुनै पनि प्रजातान्त्रिक बिचार समर्थकलाई स्वीकार्य नहुने प्रेषित ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निरौलाले आफुलाई प्राप्त ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा प्रेषित गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ