arrow

उपप्रधानमन्त्री यादवको सम्पत्ति विवरण खोइ ?

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । बेला बेलामा सरकार छाड्ने धम्की दिने गरेका उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले अहिलेसम्म आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । समाजवादी पार्टी नेपालका कार्यकारिणी समितिका अध्यक्ष समेत रहेका यादव केपी ओली सरकारमा सहभागी भएको एक वर्ष एक महिना पूरा भएको छ । गत साल जेठमा उनी सरकारमा गएका थिए ।

यादव मात्र नभइ उनको पार्टीबाट सरकारमा सहभागी भएका अन्य २ मन्त्रीले पनि अझैसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयको आधिकारिक वेइभसाइट डब्ल्यरडब्ल्युडब्ल्यु ओपिएमसिएम डट जिओभि डट एनपिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादव, शहरी विकास मन्त्री मोहम्मद इश्यियाक राइ, तथा स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादवलको सम्पत्ति विवरण देखाइएको छैन ।

भ्रष्टाचार निवारण ऐन २०५९ले सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष सुरु भएको ६० दिन भित्र हरेक वर्ष आफ्नो र आफ्नो परिवारको नाममा सम्पत्ति विवरण तोकिएको ठाउँमा बुझाउनु पर्ने व्यवस्था छ । मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था छ । मन्त्रिपरिषद्ले समाजवादी पार्टीबाट सरकारमा आएकाहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय अझै गरेको छैन ।

यती मात्र नभइ प्रधानमन्त्री कार्यालयको वेइभसाइटमा राखिएको प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण चालु आर्थिक वर्षको विवरण होइन । गत आर्थिक वर्षको सम्पत्ति विववरण वेइभसाइटमा राखिएको छ । चालु आर्थिक वर्ष सिद्धिन १५ दिन पनि बाँकि छैन । तर प्रधानमन्त्री र मन्त्रीले अहिलेसम्म चालु आर्थिक वर्षको सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । भ्रष्टाचार निवारण ऐनमा हरेक आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

तर प्रधानमन्त्री र मन्त्रीले वेइभसाइटमा पुरानो आर्थिक वर्षको सम्पत्ती विवरण राखी चालु आर्थिक वर्षको सम्पत्ति विवरण सार्वजनिक गर्न अटेरी गरेका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पनि आफ्नो  सम्पत्ति विवरण  अझै सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री कार्यालयको वेइभसाइटमा कानुन मन्त्रीको सम्पत्ति विवरण पनि देखाइएको छैन ।

गत साल प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुँदा केही मन्त्रीको सम्पत्ति विवरण बारेमा चर्चा र टिप्पनी भएको थियो । मन्त्रीहरुले प्रस्तुत गरेको सम्पत्ति विवरणको स्रोतबारेमा अनेक टिप्पनी उठेका थिए ।
ओली सरकारले गत वर्ष सार्वजनिक गरेको सम्पत्ति विवरण पनि समयमा गरिएको थिएन । लामो समय पछि ओली सरकारले आफ्नो र आफ्नो मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो । कानुन अनुसार सार्वजनिक पद धारण गरेको ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था छ । यो व्यवस्थालाई ओली सरकारले दुइ पटक उल्लंघन गरेको छ ।

सम्पत्ति विवरण सार्वजनिक नगरेका स्वास्थ्य मन्त्री यादव यसअघि पनि उपप्रधानमन्त्री र मन्त्री भएका छन् तर शहरी विकास मन्त्री राइ र स्वास्थ्य राज्य मन्त्री यादव भने पहिलो पटक मन्त्री भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ