arrow

परिवारलाई झस्काउने रुप लिएर फर्किए सुरेन्द्र, उजुरी दर्ता

logo
प्रकाशित २०७६ असार १८ बुधबार
mahila-surendra.jpg

कञ्चनपुर । सुदुरपश्चिम प्रदेशको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्र सिंह माल २०७२ सालमा वैदेशिक रोजगारीका लागि भारत गए । फुपाजूसँगै भारत गएका सुरेन्द्र करिब तीन वर्षपछि घर फर्के । जब उनि घरमा पुगे परिवारका सदस्य कसैले पनि चिनेनन्। नचिन्न्नु पनि स्वाभाविक नै थियो । किनकी तीन वर्ष अघि विदेश गएको छोरा छोरी बनेर घर फक्र्यो ।

असार आठ गते जब उनि कृष्णपुरस्थित घरमा पुगे उनिलाई छोरा भनेर कसैले पत्याएनन् । जब उनले घरायसी कुरा गरे त्यसपछि स्वरको आधारमा आफ्नै छोरा हो भनेर आमा गंगादेवि मालले बल्ल चिनिन् । तीन वर्षपछि घर आएको छोरा देखेर हर्षीत हुनुपर्नेमा आमा गंगादेवि सुरेन्द्रलाई अंकमाल गर्दै रुन थालिन् । उनी विदेश गएको छोरा, छोरी बनेर फर्केपछि आफुलाई विश्वास नै नलागेको बताउँछिन् ।

राष्ट्रिय बाल विद्यालयमा कक्षा–१२ को परिक्षा दिएर रोजगारीका लागि सुरेन्द्र आफ्नै फुपाजू र दाईसँग भारतको जम्बु पुगेका थिए । सुरुमा उनि कपडा पसल र घरायसी कामदारको रुपमा काम गर्न थाले । त्यसको करिब चार महिनापछि आफु गेष्ट हाउसमा काम गर्न थालेको सुरेन्द्रले बताए ।

गेष्ट हाउसमा काम गर्ने अवसरमा गुरुजी नाम गरेको किन्नर(तेस्रो लिङ्गी) को नजर गोरो वर्ण, मिलेको जिउँडाल र आर्कषक अनुहार भएका सुरेन्द्रमाथि पर्‍यो । त्यसपछि गुरुजी नियमीत गेष्ट हाउस आउन थालेको सुरेन्द्रले बताए । त्यसपछि उनले सुरेन्द्रसँग आफ्नो घरमा काम गर्न आग्रह गर्दै दोब्बर तलब दिने प्रलोेभन देखाए ।

गेष्ट हाउसको भन्दा दोब्बर कमाईने भएपछि सुरेन्द्र सहजै उनको घरमा काम गर्न राजि भए । गुरुजीले भने अनुसार नौ हजार मासिक तलब दिन पनि थाले । तर घरमा पुगेपछि उनले थाहा पाए की गुरुजी तेस्रो लिङ्गी रहेछन, र त्यहाँ अन्य तेस्रो लिङ्गी व्यक्ति बस्ने गरेको उनले सम्झीए ।

घरको काम गर्दा–गर्दै उनलाई तेस्रो लिङ्गी बन्न बारम्बार आग्रह गरियो । विभिन्न किसिमका यातना दिन थालेपछि उनी फुपाजु धनसिंह बोहराको सहयोगमा गुरुजीको हातबाट फुत्कीन सफल भए । भागेर हरिद्धार आएका सुरेन्द्र बुवासँगै बस्न थाले । उनका बुवा जैराज माल लामो समयदेखि भारतमै ड्राइभर पेसा गर्दै आएका थिए। बुवासँगको सल्लाहमा उनिले हरिद्धारमा कम्प्युटर सिक्न थाले। कम्प्युटर सिकि सकेपछी उनी हरिद्धारकै मेघा सपीङ् सेन्टरमा काम गर्न थाले ।

यसरी गरियो लिङ्ग परिर्वतन
बुवा ड्राइभर भएकाले उनि डयुटी अनुसार बाहिरै हुन्थे । त्यही मौका छोपेर जम्बुका गुरुजी सुरेन्द्रको डेरामा पुगे । उनलाई अपहरण शैलीमा गाडीमा हालेर चन्दगड पुर्‍याएको सुरेन्द्र बताए । चन्दीगडमै सुरेन्द्रलाई जबरजस्त विभिन्न कागजपत्रमा हस्ताक्षर गर्न लगाईयो। ज्यान मार्ने धम्की दिएर वकील समक्ष आफु लिङ्ग परिर्वतन गर्न तयार रहेको कागज तयार पारियो ।

त्यसपछि उनलाई बेहोस बनाईयो । पाँच दिनपछि होसमा आएको सम्झीदै सुरेन्द्रले भने ‘होसमा आएपछि थाहा पाए की मेरो लिङ्ग काटी सकेको छ, जोरले रुन थाले आफन्त कोही थिएन’ उनले भने । ‘रोएपछि अप्रेसन बिग्रीने भन्दैँ नरुन चिकित्सकले सल्लाह दिए, फेरी मलाई बेहोस पारियो दुई दिनपछि पुनः होसमा आए’ उनले अगाडी थपे । अप्रेसनपछि केहि महिना उनलाई वेड रेष्टमा राखियो। विस्तार विस्तारै आफुमा स्त्री लिङ्गी भावना पैदा हुन थालेपछि आफु अचम्मीत भएको सुरेन्दले बताए । उनका लिङ्ग परिर्वनसँग हार्मोन समेत परिर्वतन गरिएको उनको भनाई छ । लिङ्ग परिर्वतन भएपछि आफलाई परिवार तथा आफन्तसँग भेटन अप्ठारो लाग्यो । ‘गुरुजीकै अन्डरमा डान्स बारमा काम गर्न, थाले, परिवारलाई मुख कसरी देखाउनु, दास भएर त्यही काम गरे, बारमा केटाहरु आउथे, उनिहरुलाई मनोरञ्जन गराउनु पथ्र्यो’ उनले भने ।

साथै गुरुजीको छोरासँगको राम्रो सम्बन्धका कारण आफु नेपाल आउन सफल भएको बताए । पहिलो पटक उनका छोरा नईमसँग आएपछि पुनः भारत जानका लागि सुरेन्द्रलाई आग्रह गरिरहेका छन् ।

सुरेन्द्रले आफुमाथि अन्याय गर्नेलाई कानुनी कठघरामा ल्याउने भनेपछि नईमले ज्यान मार्ने धम्की समेत दिएको बताए । सुरेन्द्र र नईमलाई लिन गुरुजीले नेपाल तीन जनालाई पठाएको छ । आफुहरु अमर उज्यालाको पत्रकार भएको बताउँदै नेपाल छिरेरका तीन जना प्रहरीको नियन्त्रणमा छन् ।

अंङ्गभंङ्ग कसुरसँग जोडएको आशंकमा चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पिडीत पक्षले सोमबार उनिहरु विरुद्ध मुद्धा दर्ता पक्रिया अगाडी बढाएको छ ।

सुरेन्द्रका छिमेकी सोभान कार्कीले विदेश गएको छोरा मान्छे केटी भएर आउपछि अचम्म लागेको बताए । त्यस्तै सुरेन्द्रका साथिहरु पनि उक्त घटना देखेर अचम्मीत भएको बताउँछन् । उनका साथि भत्तराज जोशीले साथिको हालत देखेर दुख लागेको बताए । ‘पहिलेसँग विद्यालय जान्थौँ, सँगै खेल्थौ, अहिले सँगै बस्न नै समस्या हुने स्थिती छ’ उनले भने ।

त्यस्तै सुरेन्द्रका बुवा जैराज मालले भारतीय विरुद्ध उजुरी दर्ता प्रक्रिया अघि बढेको बताए । साथै उनले दोषिलाई कारवाही सहित आवश्यक क्षतीपुर्तीको माग गरे । कानून व्यवसायि हिक्मत सिंह भण्डारीले उक्त घटना अंङ्गभंङ्ग कसुर बमोजिम दर्ता हुने बताए । उनले मुलुकी अपराध संहिता २०७४ को दफा एक सय ९२ अनुसार पिडकलाई १० वर्ष कैद तथा एक लाख जरिवानाको व्यवस्था गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ