arrow

डोटीमा सर्पले टोकेर महिलाको मृत्यु

logo
प्रकाशित २०७६ असार १८ बुधबार
snake-bite2.jpg

डोटी । डोटीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । बुधबार शिखर नगरपालिका वडा नं. २ को कालागाड बस्ने रामबहादुर कार्कीकी श्रीमती ४२ वर्षीया जमुनादेवी कार्कीको मृत्यु भएको हो ।

बिहान ९ बजेतिर खेतमा काम गर्न जाने क्रममा सर्पले टोकेको उनको उपचारका लागि साढे ११ बजेतिर सुजङ्ग अस्पताल राजपुरमा पुर्याईएको थियो ।

सुजङ्ग अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटरमा रहेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो  

पृतना हेडक्वाटरमा उपचार गराउने क्रममा डेढ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायव उपरीक्ष तथा प्रवक्त लाल वहादुर धामिले जानकारी दिए ।
 
मृतकका परीवारले शव वुझिसकेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ