arrow

गिरिजाबाबुको जन्मजयन्ती मृगौला पिडितलाई सहयोग गरेर मनायो नेबिसंघले

logo
प्रकाशित २०७६ असार १८ बुधबार
nsu7.jpg

काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष महानायक गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीमा नेविसंघले मृगौला पिडित विरामीलाई सहयोग गरेको छ ।

जोरपाटीस्थित मेडिकल कलेजमा दुबै मृगौला फेल भएर उपचार गराइ रहेका सङ्खुबासभा धर्मदेबी नगरपालिका निबासी ३२ बर्षका पुष्प बहादुर खत्रीलाई नेबिसंघ धनकुटा बहुमुखी क्यापस इकाईले सहयोग गरेको हो ।

इकाई सभापति करुणा कटुवालको समन्वयमा संकलन गरिएको एकाउन्न हजार आर्थिक सहयोग नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन राज काफ्लेले हस्तान्तरण गरे।

हस्तान्तरण कार्यक्रममा नेबि सघका निबर्तमान केन्द्रीय सदस्य शुसिल भट्ट, रुपा शर्मा, बिजय ढुङ्गगाना, श्री योगि, सुबास घिमिरे लगायतका नेताहरू उपस्थित रहेका थिए।

सहयोग हस्तान्तरण पछि सन्चारकर्मीसँग कुरा गर्दै महामन्त्री काफ्लेले गिरिजा बाबुको जन्मजयन्ती बिगतको भन्दा फरक तबरबाट मनाउने प्रयास गरेको उल्लेख गर्दै साथीहरूको सुखदुःखमा नेपाल विद्यार्थी सघले साथ दिनुपर्नेमा जोड दिए। उनले सहयोगी अभियानमा हातेमालो गर्न देशभरी र बिदेशस्थित सम्पर्क समितिमा आबद्ध नेबिसंघका साथीहरूलाई अनुरोध गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ