arrow

दुवई गार्डका लागि म्यानपावरले असुले पाँच देखि सात लाख

logo
प्रकाशित २०७६ असार १८ बुधबार
security2.jpg

काठमाडौं । सरकारले लागु गरेको कामदारले तिर्ने १० हजार रकमलाई अटेर गर्दै म्यानपावर व्यवसायीहरुले खाडीमा कामदार पठाउँदा जनही पाँचदेखि सातलाख असुल्न लागेका छन् ।

नेपाल सरकार वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नम्बर ५१६ अलफा सिग्मा म्यानपावरले दुवईको एक रोयल कम्पनीकोलागि भन्दै जनही ५ देखि सात लाख रकम असुलेको छ ।

नेपाल आर्मी, नेपाल प्रहरी र सेक्युरिटि गार्डको तालिम लिएका करिव ७० जना नेपाली कामदारसँग अल्फा सिग्मा म्यानपावरले जनही पाँच लाखका दरले रकम उठाएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागको ताहाचलस्थित शाखा कार्यालयका प्रमुख देवेन्द्र कार्की लगायतका कर्मचारीको मिलेमतो रहेको श्रोतले जानकारी दिएको छ ।

लट नम्बर १९९६४४ कामदारलाई अल्फा सिगमा ओभरसिजले जनही पाँच देखि साढे सात लाख असुलेर खाडीको दुवई स्थित रोयल गार्डमा पठाएको छ । दर्ता नम्बर ८९९ र लट नम्बर २१९००६ क्रोमा इन्टरनेश्नल प्रा.लि.ले यूरोपको रोमानिया पठाउँदै छ । यस वापत विभागको ताहाचलस्थित प्रमुख कार्कीले मोटो रकम हात पारेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कर्मचारीहरु संलग्न रहेको श्रोतको दाबी छ ।

दुवईको रोयल गार्डमा सात सय नेपाली गार्डहरुको डिमाण्ड आएको छ। क्रोमा ईन्टरनेश्नल, अल्फासिग्मा ओभरसिज, अल सेक्योर प्रा.लि.एसआरएस लगायतका नेपाली म्यानपावर कम्पनीहरुमा रोयल गार्डको कोटा आएको हो । यस्ता खाले डिमाण्डमा ठुलो रकम असुल्ने परम्परा रहि आएको छ । सुधारको नाममा रकम असुलेकै कारण वैदेशिक रोजगारको क्षेत्रमा ठगी कम हुन सकेको छैन ।

पहिलो लट काठमाडौंको गोकर्ण रिसोर्टमा छनौट प्रकृया सकिएको छ । यस्ता कम्पनीहरुबाट भिजा र टिकट फ्रि आउने गरे पनि म्यानपावर कम्पनीहरुले जनही सात लाख सम्म उठाउने गरेका छन् । वैदेशिक रोजगार ठगीमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, मन्त्रालयका कर्मचारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राम्रो जानकारी हुने गर्दछ ।

त्यसै गरी सिनामङ्गलस्थित रहेको क्रोमा ईन्टरनेश्नलले रोमानिया पठाउने भन्दै लट नं.२१९००६ का सयौ युवायुवतीबाट जनही पाँचलाखका दरले रकम असुलेर केहीलाई रोमानिया पठाएको छ भने केही रकम तिरेर जाने प्रतिक्षामा बसेका छन् । क्रोमा इन्टरनेश्नल  र अल्फासिग्मा ओभरसिजका सञ्चालक प्रविन अग्रवाल हुन ।

वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि मुक्तिनाथ अधिकारी यी दुवै म्यानपावरमा संलग्न रहेका छन्। रिभर, एसओएस, गल्फ ओभरसिज, स्काई, ब्लुस्काइ लगायतका म्यानपावर व्यवसायीहरुबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, मन्त्रालय र विभागका कर्मचारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले ठूलो धनरासी घुष लिएर जनता ठग्ने अनुमती दिएको पिडितहरु  बताउँछ्न्। एन्टी करप्सन नेपाल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ