arrow

भ्रष्टाचारविरुद्धको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्छ – प्रकाशमान सिंह    

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
ganeshman-singh.jpg

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचारविरुद्धको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने बताएका छन् । 
     
 नेपाल ट्रेड युनियन काङ्ग्रेस काठमाडौँ जिल्ला समितिको आयोजनामा बुधबार चन्द्रागिरिमा भएको ‘गिरिजाप्रसाद ट्रेड युनियन र वर्तमान परिस्थितिमा हाम्रो भूमिका’ विषयक विचार गोष्ठीमा उनले भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दल नै लाग्नुपर्ने बताएका हुन् । 

नेता सिंहले वर्तमान सरकारले जनताको भावनालाई सम्बोधन गर्न नसकेको बताए । पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीको नेतृत्व सक्षम नरहेका कारण पार्टी संस्थागतरुपमा अगाडि बढ्न नसकेको बताए । “इतिहास बोकेको पार्टी काङ्ग्रेस विधिसम्मत र अनुशासित ढङ्गले चल्न सकेन”, उनले भने । नेपालको शान्ति प्रक्रियामा स्व गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।     
     
 नेता सिंहले मजदूरको हकहित र अधिकारका लागि गिरिजाबाबुले पुर्याएको योगदन जति चर्चा गरे पनि नसकिने बताए ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रजातान्त्रिक प्रक्रियालाई टिकाएर राख्न गिरिजाबाबुको महत्वपूर्ण भूमिका रहेको बताए । “गिरिजाबाबु लोकतन्त्रका लागि चिन्तन गर्ने र त्यसको संरक्षका लागि लागिपर्ने व्यक्ति हुनुहुन्थ्यो”, उनले भने । 
     
 नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्र कुँवरले गिरिजाबाबुको मार्गदर्शनअनुरुप सबै पेशाकर्मी पेशागत हक अधिकारका लागि एकताबद्धरुपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ