arrow

गण्डकीमा बोक्सी विरुद्धको अभियान

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
boksi.jpg

चिप्लेढुङ्गा ।‘मान्छे बोक्सी हुन्न कहिल्यै’  भन्ने नाराका साथ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजनमा यहाँको दश जिल्लामा बोक्सीविरुद्घ अभियान सञ्चालन गरिएको छ ।

सो अभियानअन्तर्गत चेतनामूलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन तथा चेतनामूलक गीत पनि प्रस्तुत गरिएको थियो । सोही बखत बोक्सी ऐन २०७२ पनि वितरण  गरिएको थियो ।

यही असार ७ गतेदेखि मुस्ताङ, म्याग्दीको बेनी,  बाग्लुङको काठेखोला, पर्वतको कुस्मा, स्याङजाको गल्याङ, तनहुँको भिमाद, लमजुङको मध्यनेपाल, गोर्खा, नवलपुरको कावासोती र कास्कीको माछापुच्छे« गाउँपालिकामा सो अभियान सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए ।

आगामी दिनमा सो अभियानलाई तराईका जिल्लामा केन्द्रित गर्ने योजना रहेको उनको भनाइ थियो । सामाजिक विकृतिका रुपमा रहेको सो प्रथाविरुद्ध अग्निदहन सशक्त सन्देशमूलक चलचित्र रहेको उनको भनाइ थियो । यसअघि अग्निदहन राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिले अवलोकन गरेका थिए ।  

सो अभियान सञ्चालनका लागि प्रतिष्ठानका अध्यक्ष उपाध्याय, संरक्षक भुवनेश्वर शर्मा पौडेल, सचिव रमा त्रिपाठी लगायतको टोली जिल्ला पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ