arrow

सुडान घोटालाका ठकुरी सर्वोच्चमा हाजिर, पुरानै सजाय

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
thakuri.jpg

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको बन्दोबस्ती सामान खरिद प्रकरणमा अनियमितता पुष्टि गर्दै नेपाल प्रहरीका तीन पूर्वप्रमुखहरूलाई दोषी ठहर गरेपछि फरार रहेका पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी सर्वोच्च पुगेका छन् ।

सुडान घोटाला प्रकरणका दोषी ठकुरी सर्वोच्चमा उपस्थित भएका हुन् । सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले ठकुरी सहित तीन पूर्वमहानिरीक्षकलाई दोषी ठहर गरेको थियो । त्यसपछि उनि फरार थिए । सर्वोच्चले ठकुरीलाई १ बर्ष जेल ४० हजर जरीवाना तोकेको छ  ।

सर्वोच्चले पूर्व प्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीलाई भ्रष्टाचारी ठहर गरेको थियो । राणालाई दुई वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना हुने सजाय सुनाएको थियो भने गुरुङ र ठकुरीलाई एक वर्ष कैद र जनही ४० हजार रुपियाँ जरिवानाको फैसला गरिको थियो ।

विशेष अदालतले भने राणालाई १७ करोड छ लाख रुपियाँ बिगो र सोही बराबरको जरिवानासमेत तोकेको थियो । यस्तै, प्रतिवादी पूर्व प्रहरी प्रमुख गुरुङलाई अदालतले छ करोड ४८ लाख ७० हजार ७९२ रुपियाँ बिगो तथा बिगोबमोजिमको जरिवाना तोकेको थियो । गुरुङलाई अदालतले दुई वर्ष कैदको सजाय सुनाएको थियो ।

प्रहरीका पूर्व महानिरीक्षक ठकुरीलाई विशेषले दुई वर्ष कैदको सजाय सुनाएको थियो । चन्दसँग अदालतले चार करोड ८५ लाख ४४ हजार ३८८ रुपियाँ बिगो जफत हुने आदेश गरेको थियो । उनलाई बिगोबमोजिमको जरिवानासमेत हुने विशेषको ठहर थियो । तर, सर्वोच्चले ठकुरी र गुरुङलाई एक -एक वर्ष कैद पनि घटाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ