arrow

'विधेयक ल्याएर सरकारले अंकुश लगाउन खोज्यो'

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
didi.jpg

डोटी । मिडिया काउन्सिल लगायतका विधेयक ल्याएर सरकारले अंकुश लगाउन खोजेको नेपालि कांग्रेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद डा.डिला संग्रौला आारोप लगाएकी छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको आयोजनमा विहिवार दिपायलमा गरीएको पत्रकार सम्मेलनमा वोल्दै उनले यस्तो वताएकी हुन् ।

संसदमा विचाराधिन मिडिया काउन्सिल विद्येयकले लोकतन्त्रमाथि आक्रमण गरेको भन्दै फिर्ता लिन समेत माग गरेकी छन् । संविधानमा उल्लेख भएको पुर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रको गहना भएको वताउदै मिडिया काउन्सिल विधेयक ल्याएर पत्रकारको कलम वन्द गर्न खोजेको केन्द्रिय सदस्य संग्रौला आरोप लगाइन् ।

यस्तै उनले गुठी विधेयक फिर्ता मात्र नभइ खारेज नै हुनु पर्ने माग गरिन । त्यस्तै मानव अधिकार विधेयक, राष्ट्रिय सुरक्षा परिषदको काम कत्र्यव्य अधिकार लगायतका विधेयक ल्याउन खोज्नु भनेको संविधान मुल मर्म विपरी भएको वताइन् । यस्ता विधेयक ल्यायर सरकार अधिनायक वाद तर्फ उन्मुख भईरहेको वताउदै तत्काल फिर्ता लिनु पर्ने वताइन् ।

वर्तमान सरकार भ्रष्टचारमा लिप्त रहेको वताउदै वाइडबडी प्रकरण, एनसेल कर, ३३ किलो सुन, बालुवाटार जग्गा, मेलम्ची खानेपानी लगायतका प्रकरणले सरकार प्रष्ट भ्रष्टाचारमा लागेको देख्न सकिन्छ  । भ्रष्टाचारलाई शुन्य सहनशिलतामा पुर्‍याउने प्रधामन्त्रीको प्रतिबद्धता रहेको सरकारले भ्रष्टाचारीलाई प्रोत्साहन गरी रहेको आरोप लगाएकी छन् ।

त्यस्तै फरक प्रसंगमा वोल्दै उनले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई  वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने वताइन् । देशलाई द्धन्दमा नधकेली वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखिन् ।

बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको बिषयमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य संग्रौलाले सरकार हत्यारा खोजीमा नलागेको आरोप लगाइन् । अपराधीको संरक्षण गरी रहेको उनले आरोप लगाइन् । प्रधामन्त्री स्वरोजगार कार्यक्रमका अन्तर्गत बेरोजगारलाई रोजगार दिने भन्दै सरकारले अरवौ रकम दुरुपयोग गरीरहेको वताइन् ।

यहि असार २२ गतेको केन्द्रीय समितिको बैठकले अझै कांग्रे्रसलाई शसक्त र मजवुद वनाइने वताइन् । नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमको अध्यक्षमा पत्रकार सम्मेलन गरीएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ