दार्चुला । दार्चुलामा ३ किलो ८ सय ग्राम चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दार्चुला प्रहरीले नौगाड गाउँपालिका वडा नम्बर ६ का २४ वर्षिय रमेश सिंह ठगुन्नालाई तीन किलो आठ सय ग्राम चरेस सहित पक्राउ गरेको हो ।
बुधबार राती ११ बजे म १ प २४८४ नम्बरको मोटरसाइकलमा सवार ठगुन्ना जिल्ला सदरमुकाम खलंगा तर्फ आइरहेको विशेष सुराकीका आधारमा प्रहरीले चेकजाच गर्दा उनको साथबाट सो मात्रामा अबैध लागु औषध चरेस सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले बताए ।
लागु औषध चरेस सहित पक्राउ गरिएका ठगुन्ना विरुद्ध दार्चुला जिल्ला अदालतमा ५ दिनको म्याद थप गरी लागु औषध नियन्त्रण ऐन अन्र्तगत मुद्धा चलाइने उनले बताए।