arrow

करार ज्यालादारी कर्मचारीको मागमा आधिकारिक ट्रेड युनियनको सहयोग प्रतिवद्धता

युनियन संघको चासो समायोजन भएका कर्मचारीले पाएको दुखतिर

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
nijamati-karmachari.jpg

काठमाडौं । नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले करार ज्यालादारी कर्मचारीहरुको मागमा समर्थन जनाएको छ । बिहीबार राजधानीमा बसेको आधिकारिक ट्रेड युनियन सहित विभिन्न कर्मचारी संगठनहरुका प्रतिनिधिको बैठकले ती कर्मचारीहरुले राखेका ७ बुँदे मागमा पूर्ण सहमति राख्दै उनीहरुले आन्दोलन गरेको खण्डमा त्यमा समेत सहयोग गर्ने निष्कर्ष निकालेको बैठकमा सहभागि निजामती कर्मचारी युनियन संघका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले जानकारी दिए । 
 
बैठकमा युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले ती कर्मचारीहरुको सवालमा अझ सबै कर्मचारी संगठनहरुसँग छलफल गरेर उनीहरुको माग पूरा गराउन कर्मचारी युनियनले के के गर्न सक्छन् भन्ने बारे निर्णय निकाल्ने बताएका छन्। उनले सबै कर्मचारी संगठनहरु मिलेर मुख्यसचिवलाई यसबारे ध्यानाकर्षण गराउने समेत बताए । त्यस्तै युनियनका महासचिव सुबोधकुमार देवकोटाले विकास र समृद्धिको नारा दिने सरकारले साना कर्मचारीहरुको विषयमा केही पनि नबोलेको भन्दै गुनासो गरेका थिए । उनले करार र ज्यालादारी कर्मचारीको माग पूरा गर्न माग समेत गरेका थिए । 

नेपाल निजामती कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष कटुवालले स्थानीय तहमा समायोजन भएपनि हाँजिर हुन नपाएका कर्मचारीलाई तत्काल हाँजिरीको व्यवस्था गर्न र उनीहरुलाई दिने तलवमानबारे पनि स्पष्ट व्यवस्था गर्न माग गरेका छन् । पाँचौं तहबाट छैटौं तहमा कर्मचारीहरुलाई राज्यले अहिलेसम्म पनि तलवमानबारे केही व्यवस्था गर्न नसकेको प्रति चासो व्यक्त गर्दै उनले अहिले सरकारको कमजोरीका कारण स्थानीय तहहरुले ती कर्मचारीलाई मनलाग्दी तलब दिने गरेको उल्लेख गरेका छन् । यस्तो समस्या तत्काल समाधान गर्न माग गरेका छन् । 

विमल आचार्यको संयोजकत्वमा सम्पन्न कार्यक्रममा युनियनका अध्यक्ष ढकाललाई प्रमुख अतिथि बनाइएको थियो । भोलानाथ पोखरेल, सुबोधकुमार देवकोटा, लेखनाथ कोइराला, उत्तम कटुवाल भुवनेश्वर चौधरी हरिबहादुर रावल लगायतका कर्मचारी नेताहरु उपस्थित थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ