arrow

संस्थापन इतरको प्रतिवादको तयारी पछि व्याक भए देउवा

कांग्रेसको संघीय संरचना बनाउँदा तदर्थ समिति नबनाउने प्रष्टिकरण

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
congress-meeting.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संघीय व्यवस्था अनुसारको पार्टीको संरचना बनाउँदा तदर्थ समिति गठन गर्ने आफ्नो कुनै योजना नभएको जनाएका छन्। 

सभापति देउवाले तदर्थ समितिको रुपमा संघीय संरचना गठन गर्न खोजेको संस्थापन इतरका नेताहरुले आरोप लगाउँदै त्यसो प्रतिवाद गर्ने तयारी गरेपछि सभापतिका तर्फबाट पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विहिवार विज्ञप्ती निकाली तर्दथ समिति बनाउने कुनै योजना नरहेको जनाएका हुन्। 

संस्थापन इतरका बरिष्ठ नेताहरु रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला लगायतका नेताहरुले तदर्थ समिति बनाउने सभापति देउवाको तयारीका विरुद्ध मोर्चावन्दी गर्दै प्रतिवाद गर्ने तयारी गरेपछि सभापति देउवाका तर्फबाट वक्तव्य आएको हो। 

वहुमतको आडमा पेलेर विधान विपरित जान खोजे त्यसको शसक्त प्रतिवाद गर्ने संस्थापन इतरका नेताहरुको तयारी पछि असार २२ गते बस्ने केन्द्रीय समितिको वैठकमा चर्काचर्की हुने आशंका गरिएको थियो। यसै सन्दर्भमा प्रवक्ता शर्माले जारी गरेको वक्तव्य सभापति देउवा पछाडी फर्केको स्वरुपमा समेत लिइएको छ। 

शर्माले विज्ञप्तीमा नेपाली कांग्रेसको विधानको धारा ७२ को ४ ले पार्टी संगठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै नेपालको संविधान बमोजिमका नविन संरचनाहरु पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्था अनुरुप नै गठन हुने प्रष्ट गरेका छन्। शर्माले सो भन्दा बाहिर गएर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरु विल्कुलै निराधार रहेको उल्लेख गर्दै नेपाली कांग्रेसको विधानमा पार्टीको नविन संरचनाहरु गठनका लागि तदर्थ समितिको कुनै प्रावधान नरहेको जनाएका छन्। 

शर्माले जारी गरेको ५ वुँदे वक्तव्य जस्ताको तस्तै   

असार १९, २०७६

पार्टी संरचना निर्माण बारे
अस्पष्टता र भ्रम निवाराणार्थ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैशाख २२ गते प्रारम्भ हुने बैठकले पार्टीको घरेलु सन्दर्भ र राष्ट्रिय राजनीतिका बारेमा जरुरी निर्णय गर्ने नै छ । नेपालको संविधान र पार्टीको संशोधित विधान अनुरुपका पार्टी संरचनाहरु निर्माण गर्ने सम्बन्धमा बैठकले आवश्यक निर्णय लिनेछ । तर केन्द्रीय समितिको बैठकको पूर्व सन्ध्यामा कतिपय अस्पष्टता विभिन्न माध्यमबाट सार्वजनिक भएका कारण सबै भ्रम निवाराणार्थ यो विज्ञप्ति जारी गरिएको छ । 

१ पार्टीको संशोधित विधानको अन्तिम टुंगो भए पश्चात केन्द्रीय समितिले विधानको कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आगामी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरे पश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुनेछ । 

२ जागरण अभियानको प्रथम चरणका अनेक उद्देश्य मध्ये संशोधित विधानलाई स्थानीय तहसम्म पार्टी पंक्तिमा व्यापक सुसूचित गर्ने उद्देश्य पनि एक थियो । विधान बुझाउने चरणमै विधान अनुरुपको संरचना प्राप्त हुने कार्यक्रम निर्धारित थिएन । दोस्रो चरणको जागरण अभियान पूर्व नै विधान अनुरुपको सबै संरचना निर्माण गरिने घोषणा वैशाख ३० गतेको पत्रकार सम्मेलन मार्फत भइसकेको छ । 

३ नेपाली कांग्रेसको विधानको धारा ७२ को ४ ले पार्टी संगठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको छ । नेपालको संविधान बमोजिमका नविन संरचनाहरु पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्था अनुरुप नै गठन हुनेछन् । सो भन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरु विल्कुलै निराधार यसकारण पनि छ की नेपाली कांग्रेसको विधानमा पार्टीको नविन संरचनाहरु गठनका लागि तदर्थ समितिको कुनै प्रावधान छैन । 

४ विधानले निर्दिष्ट गरे बमोजिम देशव्यापी रुपमा पार्टी संगठनको अन्तरिम व्यवस्था गर्दै नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा प्रविष्ट हुनेछ । केन्द्रीय समितिको बैठक लगतै नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे जरुरी निर्णय आवश्यक परामर्श पश्चात् हुनेछन् । 

५ नेपाली कांग्रेसलाई समयानुकूल सबल र सुदृढ गर्दै अघि बढ्न केन्द्रीय कार्यसमितिको आगामी बैठकले पारदर्शी छलफल र बहस मार्फत आवश्यक निर्णयहरु लिनेछ । 

जय नेपाल

विश्वप्रकाश शर्मा
प्रवक्ता



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ