arrow

गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा दीप प्रज्वलन

logo
प्रकाशित २०७६ असार २१ शनिबार
sekher-light.jpg

विराटनगर। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीका अवसरमा जीपी कोइराला फाउन्डेसन मोरङ साखाले विराटनगरमा दीप प्रज्वलन गरेको छ।

नेपाली राजनीतिका युगपुरुष एवं शान्ति संझौता प्रक्रियाका मूख्य ब्यक्ति गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै फाउन्डेसनले बरगाच्छी चोकमा दीप प्रज्वलन गरेको फाउन्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले जानकारी दिए। 

दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डां. शेखर कोइरालाले गिरिजा प्रसाद कोइरालाले गरेका योगदानका विषयमा चर्चा गरेका थिए। गिरिजाबावुले गरेको राजनैतिक त्याग र अठोटबाट आएको परिवर्तनलाई संस्थागत गर्दे जनअपेक्षा अनुरुप काम गर्नु पर्नेमा कोइरालाले जोड दिए। गिरिजावावुले गरेको योगदानलाई नयाँ पुस्ताले संरक्षण गर्दे जानुपर्ने बताए। 

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली, नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे लगायत उल्लेख्य मात्रामा कांग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ