arrow

काठमाडौंमा भूकम्पको धक्का 

logo
प्रकाशित २०७६ असार २१ शनिबार
earthquake2.jpg

काठमाडौं । शनिबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ। दिउँसो ४ बजेर १५ मिनेटमा काठमाडौं र त्यसको आसपासमा भूकम्पको धक्का आएको हो । 

यसको विस्तृत विवरण आउन बाँकी छ । विहानैदेखि काठमाडौंमा वर्षा भइरहेको छ । भारी वर्षाकाबीच अपराह्न भूकम्प गएको हो ।

शनिबार दिउँसो आएको भूकम्प भक्तपुरलाई केन्द्र विन्दू बनाएर आएको भूकम्प मापन केन्द्रले जनाएको छ । अपराह्न सवा ४ बजे आएको भूकम्पको धक्का ४.६ म्याग्नेच्यूटको रहेको बताइएको हो । 

त्यस्तै, गृहमन्त्रालय अन्तर्गत्को राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले पनि भक्तपुरमा सवा ४ मा भूकम्पको धक्का गएको उल्लेख गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ