arrow

चौध घण्टापछि आगो नियन्त्रणमा

logo
रासस,
प्रकाशित २०७६ असार २१ शनिबार
fire.jpeg

पर्सा। वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा सञ्चालित सुशील वनस्पति प्रालिमा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा आएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा बिहान २:३० बजेदेखि लागेको आगो अपराह्न ४:३० बजेपछि नियन्त्रणमा आएको हो।
        
बारा र पर्सा जिल्लाका विभिन्न स्थानबाट आएका बारुणयन्त्रको सहयोगमा अग्नी नियन्त्रक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। उनले उद्योगमा आगलागी हुनुका कारणबारे अनुसन्धान भइरहेको बताए। आगलागीबाट रु २० करोडभन्दा बढीको धनमाल जलेर नोक्सान भएको उद्योगीले दाबी गरेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ