arrow

‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’ भब्य रुपले सम्पन्न, विभिन्न व्यक्तिलाई राष्ट्रिय सम्मान

logo
प्रकाशित २०७६ असार २२ आइतबार
buddha-bir-lama.JPG

काठमाडौं । ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’ काठमाडौंमा भव्य रुपले सम्पन्न भएको छ । वृद्धाश्रम, खेलकुद र शैक्षिक संस्थाको सहयोगार्थ आयोजित ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’का अवसरमा शनिबार विभिन्न विधाका व्यक्तिहरुलाई फरक फरक शिर्षकमा राष्ट्रिय सम्मानसमेत प्रदान गरिएको छ । 

वरिष्ठ गीतकार बुद्धवीर लामाले बर्सेनि आयोजना गर्दै आएका ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रष्टाहरुलाई भब्य समारोहबीच सम्मान प्रदान गरेका हुन् । 

कार्यक्रममा लामाद्वारा लिखित गीतमा स्वर दिएका गायक–गायिका तथा कलाकारहरुले नृत्य प्रस्तुत गरे । चर्चित गायिका कुन्ति मोक्तानले दुईवटा गीत सुनाइन् । गायक शम्भु राई र चन्द्रकुमार दोङले पनि एक एकवटा गीत सुनाए । 

अमेरिकाबाट आएका मनोज राईले भुटानी पोशाकमा सजिएर गीतकार लामाद्वारा रचित गीत गाएर सुनाए भने हाँस्य कलाकार गणेश इशाराले पेट मिचिमिचि हँसाए । 

युवा गायक रमेश राईले ‘माया जिन्दावाद’ गीत सुनाए भने चर्चित डान्सर भुवन लामाले ब्यङयात्मक गीतमा नृत्य प्रश्तुत गरेर मनोरन्जन दिलाए । कार्यक्रममा ब्लुरेन इन्टरनेशनल स्कुल तथा ज्ञानोदर बालबाटिका स्कुलका विद्यार्थीहरुले रमाइलो नृत्य प्रस्तुत गरे ।

गाइएका सबै गीत बुद्धवीर लामाकै थिए । कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय भावना जागृत गराउन संगीतको सम्बद्र्धन गर्नुपर्ने औंल्याए ।

गीतकार बुद्धवीर लामाले गीत–संगीतका माध्यमबाट समाजलाई नयाँ बाटो डोहोर्याउन प्रेरित गर्ने र नेपाली कला संस्कृतिलाई विश्वमा चिनाउन सहज हुने बताए । 

विभिन्न विधामा सम्मान, को को सम्मानित ?
कार्यक्रमका अवसरमा समाजसेवा, शिक्षा, निजामती सेवा, खेलकुदलगायतका क्षेत्रमा सक्रिय अग्रणी ब्यक्तिहरुलाई राष्ट्रिय सम्मान प्रदान गरियो । 

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गीतकार बुद्धवीर लामा लगायतलले विभिन्न ब्यक्तिहरुलाई दोसल्ला, माला लगाएर सम्मान पत्र प्रदान गरे । 

समारोहमा ‘नेपाली संगीत विशिष्ट सम्मान–२०७६’ मनोजकुमार राईलाई प्रदान गरियो । राई मानव धर्म युएसए शाखाका सेवादलका संयोजक समेत हुन् ।

त्यस्तै विशिष्ठ राष्ट्रिय सम्मानबाट ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सम्मानित गरियो ।

समारोहमा अन्तराष्ट्रिय संगीत साधना सम्मान वीरष्ठ संगीत साधक मधुकर लोहनी, गायक तथा संगीतकार किरण मोक्तानलाई दिइयो । 

समारोहमा इन्दिरा याक्थुम्बा, शिवराज पन्त, उमिल शेर्पा, रमेश साही, शाकिर उद्धिनलगायतलाई शिक्षा सेवा सम्मान प्रदान गरियो ।

निजामति सेवा सम्मान शिव प्रसाद चापागाई, चेतकुमार पोखरेल, लक्ष्मण आचार्य, भीमबहादुर केसी, मुरलीप्रसाद बाँस्कोटालगायतलाई प्रदान गरियो । 

निर्माण व्यवसायी तथा अग्रणी समाजसेवीहरु दीपक गौतम र डम्बर खड्कालाई राष्ट्रिय सम्मान प्रदान गरियो ।

इलाममा जन्मेका कर्मयोद्धा सम्मानबाट कुनाल राई, सिद्धी गिरी, ईन्द्र गुरुङलाई पनि विशेष सम्मान प्रदान गरियो । 

खेलकुदका क्षेत्रमा योगदान पुर्याए वापत मधु शमसेर जबरालाई एथलेटिक्स सम्मान प्रदान गरियो । यज्ञलाल श्रेष्ठ, त्रिरत्न मानन्धर, सुनिलकाजी बज्राचार्य, लीला कुमार श्रेष्ठ, याङ्दी लामा शेर्पालाई खेलकुद क्षेत्रमा योगदान पुर्याए वापत सम्मान गरियो । 

उत्कृष्ट समाजसेवी नागरिक सम्मान डा. खगेन्द्र बहादुर श्रेष्ठ, शम्भु प्रसाद दाहाल, बासु केसी, डिके लामालगायतलाई प्रदान गरियो । 
 
कार्यक्रममा सबै इलामेली जमघट थियो । पूर्व प्रधानमन्त्री खनालदेखि सम्मानित सबै अनि बुद्धवीर लामा सबै इलामकै गौरब हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ