सत्ता जोगाउन विषदी परिक्षण गर्ने निर्णय फिर्ता : तरुण दल
प्रकाशित २०७६ असार २२ आइतबार
477
Shares
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सत्ता जोगाउन भारतबाट आयात हुने तरकारीमा विषदी परिक्षण गर्ने निर्णयबाट सरकारपछि हटेको भन्दै विरोध गरेको छ । आइतबार तरुण दलका कार्यवहाक अध्यक्ष उत्तमकुरमार चापागाईँले विज्ञप्ती मार्फत सरकारको निर्णयको विरोध गरेका हुन् ।
सत्ताको स्वार्थ हेरेर तरकारी तथा फलफुलको विषादी परिक्षण विना नेपाल भित्र्याउने निर्णय गरेर जनताको स्वास्थ्य र जीवनप्रति गम्भिर खेलबाड गरेको तरुण दलको आरोप छ । ‘संविधानले मौलिक अधिकार अन्र्तगत प्रत्येक उपभोक्तालाई गुणस्तरिय वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता गरको हुँदाहुँदै सत्ताको स्वार्थ हेरी भारतबाट आयतित फलफुल तरकारी विषादी परिक्षण विना नेपाल भित्र्याउने निर्णय आम जनताको स्वास्थ्य र जीवनप्रति गम्भिर खेलबाड गर्ने जनविरोधी प्रवृत्तिलाई गम्भिरतापूर्वक लिएका छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘सरकारका यस्ता प्रकारका हचुवामा गरिएका जनविरोधी अपरिपक्व र बलहठबाठ भएका निर्णयहरुबाट एकपछि अर्को विवाद निम्त्याउने र मुलुक र राष्ट्रियता एंव लोकतन्त्रको खिल्ली उडाउने काभ भइरहेको छ ।’
जनताको अधिकार र लामो राजनीतिक संघर्षपछि प्राप्त लोकतान्त्रिक उपलब्धि माथि नै प्रहार हुने यो निर्णय नसच्चिने हो भने जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिँदै तरुण दलले त्यसबाट हुने जाने परिणामको जिम्मा सरकार नै लिनुपर्ने बताएको छ ।