arrow

तटीय क्षेत्रमा २८ गतेभित्रै बाली भित्र्याउन सुझाव, निर्माणकार्य गर्नेलाई सचेत

logo
प्रकाशित २०७६ असार २२ आइतबार
rapti-river-flood-2015.jpg

काठमाडौं । सरकारले तटीय क्षेत्रमा लगाईएका बालीहरुलाई सम्भव भएसम्म असार २८ भित्रै भित्र्याउन आग्रह गरेको छ । सरकारले विभिन्न नदीहरुमा पानीको बहाब बढ्ने क्रम जारी रहेको भन्दै असार २८ गतेपछि झनै बहाब बढ्न सक्ने भएकोले त्यो भन्दा अघि नै फसल भित्र्याउन सुझाव दिएको हो । 

सरकारको जलविज्ञान महाशाखाले सूचना जारी गर्दै तटीय क्षेत्रमा निर्माण कार्य गर्नेहरुलाई पनि उच्च सतर्कता अपनाउन सचेत गराएको छ । महाशाखाको सूचनामा भनिएको छ 'आगामी १ हप्तासम्म प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च ९सतर्कता तह आसपास० हुने पूर्वानुमान रहेकोले तटिय क्षेत्रमा रहेका कृषि उपज सम्भव भएसम्म यही असार २८ गतेभित्र थन्क्याउनुहुन अनुरोध छ ।' महाशाखाले तटीय क्षेत्रमा गर्नुपर्ने निर्माणको कार्य उच्च सतर्कता साथ गर्न भनेको छ ।

बर्खा लागेसँगै देशभरका नदीहरुमा आउनसक्ने बाढीका कारण धेरै नदी किनारका बासिन्दाहरु त्रसित हुने गरेका छन् । बर्खाको मध्ये अवस्थामा दैनिक पानीको बहाब बढ्दैजाँदा धेरै नदीहरुमा खतराको घण्टी बज्ने भएपनि आईतबारभने कुनैपनि नदीहरुमा त्यस्तो अवस्था नदेखिएको जलविज्ञान महाशाखाको बाढी पूर्वानुमान ईकाईले जनाएको छ । 

महाशाखाले हरेक दिन सार्वजनिक गर्ने देशभरका प्रमुख नदीहरुको बाढीको अवस्थालाई मध्यनजर गर्दा आज देशैभरका प्रायस् नदीनालाहरुमा पानीको बहाब बढ्दो क्रममा रहने बताईएको छ। जस अनुसार कोशी नदीको माथिल्लो जलाधार क्षेत्र ‍- तमोर, अरुण, दुधकोसी, तामाकोशी, सुनकोशी लगायत सबैमा आज मध्याह्नपछि भोलिसम्मै बहाब उल्लेख्य बढ्ने तर सतर्कता तह तलै रहने अनुमान गरिएको छ ।

त्यस्तै, बागमती नदी जलाधार क्षेत्रमा समेत बहाब बढ्ने र काठमाडौं उपत्यकाको क्षेत्रमा शाखा नदीहरुले साँझ पछि सतर्कता तह पार समेत गर्न सक्ने चेतावनी महाशाखाले दिएको छ । नारायणी जलाधार क्षेत्रको त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती तथा कालीगण्डकी सबैमा बहाब उल्लेख्य बढ्ने भएपनि तर सतर्कता तह तलै रहने बताइएको छ । 

पश्चिम राप्ती, बबई र भेरी नदी जलाधार क्षेत्रमा राती पछि बहाब सतर्कता तह नजिक पुग्न सक्ने बताइएको छ । कर्णाली तथा महाकाली नदीमा पानी बहाब उल्लेख्य बढ्ने तर सतहको तह भन्दा तलै रहने जानकारी पनि महाशाखाले जनाएको छ । सातैप्रदेशको चुरे तथा पहाडी क्षेत्रको स(साना खोलानालाहरुमा आकस्मिक बहाबको जोखिम देखिन्छ । खासगरी प्रदेश १, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशको चुरे क्षेत्रको खोलानालाहरुमा आकस्मिक बहाब हुने सम्भावना छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ