arrow

अपराधी संरक्षणमा जुट्यो नेकपा

logo
प्रकाशित २०७६ असार २३ सोमबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अपराधी संरक्षणमा जुटेको छ । नेकपा एकपछि अर्को गर्दै अपराधीहरु बचाउन लागिपरेपछि आलोचनासमेत भइरहेको छ । 

संसदको आइतबारको बैठकमा समेत यसको ब्यापक आलोचना भएको थियो । आधा दर्जनबढी हत्यामा संलग्न रही फरार रहेका मोष्ट वान्टेड सूचीका नसिम खाँ  (जाबेद बादसाह) पक्राउ परेपछि नेकपाले त्यसको विरोध गरेको छ । 

यो विरोधले नेकपाको पृष्ठभूमि पनि छताछुल्ल भएको छ । खाँ पक्राउबारे नेकपा–कपिलवस्तुले विरोध गरेको छ ।

खाँलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले काठमाण्डौंको सिनामंगलबाट शुक्रबार पक्राउ गरी आइतबार कपिलवस्तुमा सार्वजनिक गरेको थियो । 

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपराका खाँमाथि चार वर्षिय बालकको अपहरणपछि हत्या गरेको लगायतका आधा दर्जनबढी हत्यामा संलग्न भएको घटनाका मुद्दा छन् । 

तीमध्ये ७ वटा कर्तब्य ज्यान र १ वटा डाँका चोरी मुद्धा रहेका छन् । 

त्यस्तो अपराधका मोष्ट वान्टेडलाई बचाउन नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र सचिव रामचन्द्र शाहले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल रिहाईको व्यवस्था मिलाउन माग गरेका छन् ।

खाँले २०६३ जेठ १९ गते कपिलवस्तुको फुलिका ३ बस्ने धर्मराज बराईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग छ ।

त्यस्तै पछिल्लो समय २०७४ फागुन ३ गते ४ वर्षीय मोहम्मद अहेमानलाई अपहरण पश्चात हत्या गरी फरार भएको प्रहरीको दावी छ ।

अपराधीलाई अपराधकै तरिकाले सजाय दिनुपर्नेमा नेकपा कपिलवस्तुले विज्ञप्ति निकालेर अर्को हस्तक्षेपकारी भूमिका खेलेको छ । जसको चर्को आलोचनासमेत भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ